सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवागाउँपालिका-६ मा जनमत पार्टी बाँकेको अधिवेशन सम्पन्न, राम निवास तेली(शाहू)को अध्यक्षतामा ११ सदस्य चयन


नेपालगञ्ज,जनमत पार्टी बाँकेको डुडुवा गाउँपालिका-६ को अधिवेशन सम्पन्न गरेको छ ।
उक्त अधिबेशनबाट राम निवास तेली(शाहू) अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत चयन भएका छन ।

त्यस्तै उपाध्यक्ष चन्द्रिका प्रकाश कोरी, सचिव गोरखनाथ मौर्या कोषाध्यक्ष रुकशाना शेष, सदस्यद्वय राम आधार मौर्या, मेहरुल शेष, राम सागर मौर्या, मुने लोध, मनोहर महावत, गीता रैदास र मेराज दर्जि लगायत ११ सदस्य समिति चयन भएको हो ।
आजका जनमत पार्टी बाँकेका संस्थापक तथा पार्टीका केन्द्रीय सदस्य इरफान अहमद शेषको प्रमुख अतिथिको उपस्तिथिमा उक्त अधिवेशन सम्पन्न गरिएको जिल्लाका नेता अब्दुल वाहिद शेषले बताएका हुन ।
कार्यक्रमको नेता आशिक अलि शेष अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियो। कार्यक्रममा आफ्नो परिचयलाई जोड्दै उनले नेपाली काँग्रेसका सात साल देखिका संस्थापक सदस्य एंव पूर्व गाविस अध्यक्ष परित्याग गरि जनमतमा प्रवेश गरेको जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै नेता इरफान शेषले मधेशको समस्या समाधानको लागि जनमत गठन गरिरहेका छौं, अब मधेशमा आप्रवासन लगायतको समस्याको समाधान स्वराजिहरुले नै गर्ने, मधेशको अशिक्षा नेपाली शासकहरुको देन भएको ठह्रयाएका छन, मधेशमा बेरोजगारी, राज्यबिहिन नागरिक लगायतका समस्या नेपाली शासकहरुले उब्जाएका देन भएको बताएका छन । अब नेपालमा अरु पार्टी होइन मधेसी जनताको पार्टी जनमत पार्टी नै रहने बताएका छन ।


आजको भेला पश्चात् संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेषको उपस्थितिमा करिब २०० जनाको हाराहारीमा काँग्रेस, कम्युनिस्ट, राप्रपा, जसपा, लगायत पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन । प्रवेशको क्रममा संघीय विकासवाद पार्टी नेपालका राष्ट्रिय(केन्द्रीय ) उपाध्यक्ष तथा संघीय संसद प्रत्यासी मुने बेहना तथा नेपाली काँग्रेसका संस्थापक सदस्य तथा पूर्व दुई पटकका गाविस अध्यक्ष आशिक अलि शेष, माओवादीका सदस्य जलालु शेष, लगायत समेत प्रवेश गरेका छन ।
कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला संचार प्रमुख हरपाल सिंह, शैलेन्द्र कुमार कर्ण, संस्थापक सदस्य जाबिर हल्वाई, रियाज अंसारी, बङ्गे चमार, जोया शेष, आलिया खान, नाजमा बागवान, मुजफ्फर शेष, राजू अंसारी, नौसाद अंसारी, हुशेन अंसारी, मुस्तफा अंसारी, अक्षय सोनकर, हशन मोहम्मद शेष, दाउद शेष, मेराज दर्जि लगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »