सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको धार्मिक एवं ऐतिहासिक ताराखसे पोखरी र त्यस क्षेत्रको पौराणिक कथा

काभ्रे जिल्लाको धार्मिक एवं ऐतिहासिक स्थल ताराखसे पोखरी जुन क्षेत्र समुद्री सतहदेखि लगभग ३४०० मिटरको उचाईमा रहेको छ । उक्त पोखरीको छुट्टै पहिचान र बिशेषता रहेको पाइन्छ । मनै लोभ्याउने हरियाली दृश्यहरु सगैँ हिमश्रृङ्खलाहरु पनि मज्जैले नियाल्न सकिन्छ ।

यात्राकै क्रममा जति उचाईको यात्रा तय गर्दै जाँदासुन्दर मनोरम वातावारण, लेकमा रहेको ठुला ठुला अनि अग्लाअग्ला रुखहरु सगैँ गौरीशङ्कर हिमाल, गणेश हिमाल लगायत थुप्रै हिमालहरुको दृश्य नियाल्दै जादा गन्तव्यमा पुगेको पत्तो हुँदैन । यसै लेकबाट तराईको समथर भूभाग सगै काठमाडौं को केहि ठाउँलाई हेर्न र अवलोकन गर्न पाइन्छ । भौगोलिक हिसाबले हेर्ने हो भने राजधानी नजिकैको जिल्ला हो काभ्रे तर विकास पुर्वाधारमा निकै पछाडि रहेको छ । केहि समय यता सोही लेक हुदै डाँडापारी सडक खण्ड त जोडिए तर सडक निर्माण आस लाग्दो नभएपछि असुरक्षित यात्रा गर्न बाध्य छ ।

प्राचीन समयमा सोही ठाउँमा आकाशबाट तारा खसेको र पानीको उत्पत्ति भई पोखरी बनेपछि सोही ठाउँको नाम रहन पुग्यो तारा खसे पोखरी । ( पोखरी वरिपरि यति धेरै घना जङ्गल छ तर पोखरीमा रुखबाट झरेको पात पोखरीमा झर्न नपाइ सोही जङ्गलमा रहेको एक पन्छिले किनारमा लाग्ने गर्थ्यो । – बुढापाकाले भन्छन् ) हेर्दा जत्ति नै कालो पानी देखेता पनि तर अञ्जुलीमा लिदा निर्मल स्वच्छ पिउन योग्य हुन्छ । पोखरी छेउको ढुङ्गामा एक मानवीय पैदालाको छाप समेत देख्न सकिन्छ ।

कतिपय बाटोमा हिड्ने बटुवा, गोठाला र घाँस दाउरा जानेहरु यहि पोखरीको पानीलाई पिई आफ्नो प्यास मेटाउछन् । अग्लो शिरमा अनौठो किसिमले पानी पोखरी बन्नुमा त्यहाँ केही शक्ति रहेको अनुमान समेत स्थानीयहरु बताउँछन् । हरेक बर्ष जनैपूर्णिमाको दिन धामी झाक्री लगायत स्थानीय पुजा आजा गर्नको लागि सोही पोखरी जाने गर्दछ ।

यस लेकमा हजारौ प्रकारका जडिबुटीहरू पाईन्छन्, जसलाई मानव जीवनमा आएका विभिन्न रोगहरूलाई समेत निको पार्ने औषधीको रुपमा प्रयोग गर्दै आईरहेको छ । त्यस स्थानलाई पौराणिक कथा सगै किम्बदन्ती कुरा हरुमा जोड्दै आई रहेको छ । त्यसै लेकमा बिभिन्न प्रजातिका रुखविरुवा, चराचुरुङ्गी, जीव जन्तुहरू पाइन्छन् । पर्यटकीय क्षेत्रको सम्भावना प्रबल रहेता पनि उक्त क्षेत्रको प्रचारप्रसार कै कमिले अझै सम्म ओझेल रहेको छ । २०७३ |०७|२० गते तिर पर्यटकीय क्षेत्र अवलोकन गर्ने भनि मान्त्री परिसरका केहि व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम समेत आयोजना गरेको थियो । बर्ष बित्यो तर केहि हुन सकेन ।

तीन धारा झरना पनि सोही लेकको एउटा उदाहरण मात्र हुन् । यसरी नै खोजी निति गर्ने नै हो भने तीन धारा झरना, कमल पोखरी, घ्वाई झाङ, रानी पोखरी, म्हबीर, तारा खसे पोखरी, सीता पाइला, हात्ती आहाल जस्ता याहा कयौं रमनिय ठाउँहरु रहेको छ । ती मध्य तारा खसे पोखरी पनि एक हुन । अहिले मानव चेतनासंगै अध्ययन र अनुसन्धानका कामहरु हुन थालेपछि त्यस क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ । उक्त स्थानको अवलोकन गर्ने को संख्या बढ्दै गईरहेको छ । सोही क्षेत्रमा पुग्नको लागि काभ्रेको सदरमुकाम धुलिखेल देखि ५०-५५ किलोमिटरको हारहारीमा पुग्न सकिन्छ ।

डि एन् डि तामाङ

भर्खरै

सम्बन्धित खबर

Language »