सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरसफाई अभियान निरन्तर चल्दा पनि अपेक्षाकृत उपलब्धी नहुँदा अभियान्ताहरु निराश


काठ्माण्डौ लामो समयदेखी निरन्तर सरसफाई अभियान चलिरहँदा पनि यो खोला नाला , सडक तथा शहर लाई सोचे जती वातावरण मैत्री बनाउन नसकेको मा सरसफाई अभियान्ता हरुले चिन्ता ब्यक्त गरेका छन । १९६ हप्ता सम्म निरन्तर चक्रपथ सरसफाई महाअभियानको संयोजन गर्दै आएका ग्रीन सिटी अस्पताल का सन्चालक तथा समाज सेवी लोक बहादुर टन्डन ले आज बालाजु भाट्भटेनी अगाडी नियोजित रुप मा थुपारिएको फोहोर को थुप्रो देखाउँदै आफु हरु ले गरिरहेको काम को राज्य ले खिल्ली उडाएको ले बताएका छन् ।


यो राज्य ले आफैले बनाएको कानुन कार्यन्वयन गराउन नसकेको कारण यो समाज बिकृती तिर गै रहेको अभियान्ता हरु को तर्क छ । फोहोर ब्यबस्थापन ऐन २०६८ ,नियमावली २०७१ , स्थानिय सरकार सन्चालन ऐन २०७४ , तथा नगरपालिका आफैले बनाएको नगर कार्यबिधी को नगर प्रहरी परिचालन को खण्ड लाई कार्यन्वयन गराउने हो भने सफा शहर हेर्न धेरै समय कुर्नु नपर्ने सामाजिक अभियान्ता हरु को धारणा रहेको छ । अब यसै गरी सधै भरी सरकार निरिह बनेर बसिरहने हो भने टोल टोल मा अभियान्ता हरु को समुह बनाएर गैरकानुनी काम गर्ने लाई कार्वाही गर्नु को बिकल्प नरहेको उनिहरुले बताएका छन ।


चक्रपथ सरसफाई महाअभियान अन्तर्गत आज १९६ औं हप्ता सम्पन्न भएको छ । बालाजु चोकमा भएको सरसफाईमा का.म.पा वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालका साथै अन्य धेरै अभियन्ताहरुको सकृय सहभागिता रहेको थियो ।


अत्यधिक फोहोर तथा माटोको ढिस्का हरु रहेको बालाजु ब्याट्री कारखाना निर को स्थान मा समाज सेवी एल. बि. टन्डन को निजी खर्चमा डोजर लगाएर सम्याउने काम समेत भएको थियो ।


नियमित अभियान्ता तथा रास्ट्रवादी गायक तिलक बस्नेत ,समाजिक अभियान्ता डि.बि. पराजुली ,लीला खनाल ,मिना चन्द ठकुरी ,ग्रील तथा स्टिल ब्यबसायी संघ काठ्माण्डौ पश्चिम क्षेत्र का अध्यक्ष शैलेश ठकुरी ,जित बहादुर हमाल ,माया कुवँर ,जिवन वडाल ,लगायत अभियान्ता हरु ले यो अभियान लाई अब अलि फरक ढंग ले अगाडी बढाउनु पर्ने आवस्यकतामहसुस भएको बताएका छन । कार्यक्रम मा फोहोर ब्यबस्थापान को लागी ग्रीन सिटी सेनिटेसन प्रा लि र काठ्माण्डौ महानगरपालिका को सहकार्य रहेको थियो ।


गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ९३ हप्ताको कार्यक्रम हालको अवस्थालाइ मध्य नजर गर्दै भौतिक दुरि कायम गरि कुनै भिड नगरी आफुलाइ पायक पर्ने गोदावरी खोला नजिक विभिन्न स्थानमा सरसफाइ गरिएको छ। गोदावरी ३ टौखेलमा अभियान सम्योजक बेबि राजभण्डारी लगायत गोदावरी अभियन्ताहरु सुस्मिता घलान, प्रिया पुतुवार, सपना पुतुवार, सुरज श्रेष्ठ , तथा Smart micro research का अध्यक्ष बम बानियाँ लगायतको सम्लग्नतामा सरसफाइ कार्यक्रम सम्पन्न भयो। अन्य गोदावरी अभियन्ताहरुले कोरोना माहामारिका कारण आ आफ्नो घर वरिपरि सरसफाइ गरेर अभियानलाई सार्थक बनाएका छन ।

वाग्मती सफाई अभियानमा उत्साह बढ्दो छ । माथिल्लो भेगको वाग्मती सफाई अभियानको ३५६ औं हप्ताको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायाण सुबेदी तथा काठमाडौं महानगरपालिका वडा नं. ६ का सदस्य जयराम पुडासैनी समेतको सहभागिता रहेको थियो ।


वाग्मती सुन्दरता सरोकार मन्चले अगुवाई गरेको सफाई कार्यक्रममा इष्टपोल मा.बि. को तर्फबाट प्राचार्य राजेश राई तथा मडगाल टोल सुधार समितिका तर्फबाट अध्यक्ष केदर भट्टराई र सचिव राजु अधिकारीले समेत सफाई अभियानका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा इष्टपोल मा.बि. र मडगाल टोल सुधार समितिको सकृय सहभागिता रहेको थियो । वाग्मती सभ्यताका अभियन्ता तथा स्थानीय सफाई अभियन्ता सहित २०० ज्यादाको सहभागिता रहेको सफाई अभियानका क्रममा फोहोरको बर्गिकरणमा जोड दिईएको थियो ।


सो अवसरमा सफाई गरेको क्षेत्रलाई स्थानीय स्कूल तथा टोल सुधार समितिले जिम्मेवारी बहन गर्ने र नियमित रुपमा सफाई अभियान संचान गर्ने बिषयमा बहस समेत गरिएको थियो ।


३२५ औं विष्णुमती सरसफाइ अभियान काठमाडौ महानगरपालिका वडा नं. १७ खुशिबु शोभा भगवती मन्दिर अगाडि बाट खुशिवु पुरै एरिया मा जनचेतनामूलक कार्यक्रम सहित सरसफाइ कार्य सम्पन्न गरिएको थियो ।


यस सरसफाइ अभियानमा विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज , पतान्जली योग समिति वाग्मती प्रदेश अध्यक्ष सुवर्णलाल चित्रकार ,बुद्धमहल योग साधना केन्द्र बाल उद्धान सामुदायिक सेवा समिति , नेप्सेम्याक सेवा प्रालि कम्पनी ,परिवर्तन सेवा प्रालि र स्थानीयहरुको सक्रियता रहेको थियो ।

बागमती सफाई अभियान को एउटा खण्ड तिलगंगा सफाई को २७७औ साताको सफाई सम्पन्न भएको छ सामुदायीक प्रहरी ,अभियान्ता माला खरेल ,गंगा पुरी, दुर्गा रावल को उपस्थिति मा नदी भित्र कै फोहोर निकाली सम्पन्न भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »