सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उप–महानगरपालिका शिक्षा अधिकृत बिष्टको निधन

नेपालगञ्ज, कोरोना संक्रमण भएपछि उपचाररत नेपालगन्ज उप–महानगरपालिकाका शिक्षा अधिकृत दानबहादुर विष्टको आईतबार निधन भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ स्थायी घर भएका विष्टको उपचारको क्रममा भेरी अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि मङ्सिर २४ गते कोरोना परीक्षण गराएका विष्टलाई २५ गते कोरोना भएको पुष्टि भएको थियो ।


रोगको प्रकृतिअनुसार, सबै प्रकारको उपचार गर्दा गर्दै विष्टको निधन भएको भेरी अस्पतालले जनाएको छ ।

यसअघि पनि कोरोनाबाट नेपालगञ्ज उप–महानगरपालिकाका जिन्सी सहायक युवराजविक्रम घले र वडा नम्बर २ का वडा सदस्य शान्ति परियारको निधन भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »