सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को कार्यालय भवनको शिलान्यास

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, वडा अध्यक्ष सुनिलसिंह हमाल लगायतले बुधबार भूमीपुजनसहित शिलान्यास गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो ।

उहाँले उप–महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । वडा अध्यक्ष हमालका अनुसार भवन निर्माणका लागि वडाले ५० लाख रुपिया बजेट विनियोजन गरेको छ ।

वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो । वडा कार्यालयसँगै बर्थिङ सेन्टर सहितको स्वास्थय भवन निर्माणको अन्तिमचरणमा रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »