सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा भूमि सम्बन्धि समस्या समाधानको काम अघि बढ्यो

नेपालगञ्ज, भूमी सम्बन्धि समस्या समाधान आयोग र नेपालगञ्ज उप–महानगरपालिकाबीच भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको उपस्थितीमा उपसचिव गोर्खवहादुर थापा र आयोगका उपसचिव राजेन्द्र अर्यालबीच सम्झौता भएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले आयोगसँग सम्झौता भएपछि नगरक्षेत्रमा देखिएको भूमी सम्बन्धि समस्या समाधान हुने चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । नगरको वडा नम्बर १९ र २० मा सबैभन्दा बढि भूमि सम्बन्धि समस्या देखिएको छ । पछि गाभिएका साविकका गाविसमा समेत फाट्टफुट्ट भूमि सम्बन्धि समस्या देखिएका छन् ।


नेपालगञ्जमा आयोगसँग सम्झौता भएपछि लगत सङ्कलन एकाई सञ्चालनको तयारी गरिएको छ ।

आयोगसँग सम्झौता भएपछि भूमीहिन दलित, भूमीहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि उनीहरुको पहिचान, लगत संकलन र प्रमाणिकीकरणको काम स्थानीय तहले गर्नेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »