सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित

नेपालगञ्ज,नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित गरेको छ ।

बिहिवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन– २०७७ समेत पारित भएको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाले पेश गर्नुभएका प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको हो । नगरसभाले वडागत बजेट रकमान्त्रण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्ताव समेत पारित गरेको छ ।


नगरसभामा नगर प्रमुख डा. राणाले नगरभित्र लामो समयदेखि रोकिएर रहेका विकास आयोजना अघि बढेको भन्दै विकासले गति लिएको बताउनुभयो । मुख्य सडक र नालीहरुको निर्माण सम्पन्न भएको छ , नगर प्रमुख राणाले भन्नुभयो,– सबै पक्षको साथ र सहयोगमा विकासले फड्को मारेको छ ।

पार्क, सभाहल निर्माणको चरणमा रहेको, ल्याण्डफिल साईट र रंगशाला तथा बसपार्क निर्माण भएको भन्दै उहाँले क्रिकेट रंगशालाको समेत निर्माण सुरु भएको जानकारी दिनुभयो । उपप्रमुख उमा थापा मगरले जनताका अपेक्षा पुरा गर्नका लागि आफुहरु लागिपरेको बताउँदै यसबीचमा नगरबासी र कर्मचारीबाट प्रर्याप्त साथ र सहयोग पाएको बताउनुभयो ।


यसैबीच नगरसभाले गतवर्ष नेपालगञ्ज नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी उप–महानगरपालिकाले लिने निर्णय गरेको छ । कर्मचारीहरुले आदेशको पालना गर्नेक्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले राम्रो मनसायका साथ काम गरिएपनि दुर्घटनावश घटना भएको जनाएको छ ।
नगरसभामा इन्टिग्रिटी आईडल–२०२० का विजेता जनस्वास्थ्य निरिक्षक आरती चौधरीलाई सम्मान गरिएको छ । चौधरी नेपालगञ्ज १२ मा कार्यरत रहनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »