सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेलमिलापकर्ता हरुको लागी तालिम दिंदै गोकर्णेस्वर नगरपालिका

मेलमिलापकर्ता हरुको लागी तालिम दिंदै  गोकर्णेस्वर नगरपालिका

काठ्माण्डौ

समाज मा दैनिक जसो घटीरहने सामान्य प्रकृतीका झै झगडा तथा बिबाद हरु  को स्थानिय स्तर बाटै समाधान गर्न बनेको न्यायिक समितीको महत्व बढ्दै गै रहेको अवस्था मा मेलमिलापकर्ता को भुमिका लाई अझ प्रभावकारी बनाउने उदेश्य ले गोकर्णेस्वर नगरपालिकाले आफ्ना मातहात का सबै वडाको प्रतिनिधित्व हुनेगरी  ४८ घण्टे आधारभुत तालिम सन्चालन गरी रहेको छ  ।

गोकर्णेस्वर नगरपालिका न्यायिक समिति को आयोजनामा भई रहेको कार्यक्रममा प्राबिधिक सहयोग महिला जागरण तथा बिकास केन्द्र  , धुम्बाराही ले गरीरहेको छ  ।

कार्यक्रम मा नगरपालिका अन्तर्गत का सबै वडा को प्रतिनिधित्व रहेको नगरपालिका उप मेयर  तथा  न्यायिक समिति  संयोजक शान्ती  नेपाल ले बताएकी छिन्।

कार्यक्रम का सहभागिहरु लाई सामान्यतय पिडित र  पिडक बिच मा कसरी प्रस्तुत हुने देखि बिवाद  समाधान  को लागि आवस्यक  नितिगत ब्यबहारीक र कानुनि पक्ष को बारेमा प्रशिक्षण दिने काम भई रहेको र यो तालिम पश्चात शहभागी हरुले आ -आफ्नो कार्य क्षेत्र मा  सफलता मुलक प्रस्तुति दिन सक्ने क्षमता बिकास हुने बिस्वास न्यायिक समिति संयोजक नेपाल ले लिएकी छिन् । 

कार्यक्रम मा समुह समुह बनाएर ब्यबहारीक रुपमै कसरी बिबाद सामाधान गर्ने भन्ने बिषय मा नाटकिय रिहल्सल समेत गराईएको थियो  ।

कार्यक्रम मा अधिकांश महिला हरुको शहभागीता रहेको  छ  ।

कार्यक्रम मा आउनु भन्दा अगाडी कहिं गएर राम्रो संग बोल्न समेत नसक्ने लाई यो कार्यक्रम ले समाज का हरेक घटना को बारेमा निर्णायक भुमिका समेत खेल्न सक्ने बनाएकोमा शहभागी हरु खुसि  भएका छन्  ।

नगरपालिका को न्यायिक समिती ले आयोजना गरेको  यो तेस्रो चरण को कार्यक्रम रहेको र आगामी दिन मा समेत यस्ता कार्यक्रम लाई निरन्तरता दिई रहने संयोजक शान्ती नेपाल ले बताएकी छिन् ।

भर्खरै

सम्बन्धित खबर

Language »