सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशभर कोरोना खोप लगाउने को संख्या १ लाख २८ हजार पुग्यो

काठमाडौं ।

 विश्व लाई नै तरंगीत बनाई रहेको कोरोना भाइरस को खोप भारत सरकार को अनुदान मा नेपाल ल्याइए संगै कोरोना भाइरस बिरुद्ध  को कार्य मा अग्रपंती मा रहेर कार्य गरी रहेका हरु लाइ खोप लगाउने काम तिब्र रुपमा अगाडी बढि रहेको छ  ।अभियानको सातौं दिन मंगलबारसम्म देशभर १ लाख २८ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख २८ हजार ६५० जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »