सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रबिधिमैत्री बन्दै ट्राफिक प्रहरी :अनलाइन बाटै जरीवाना तिर्न सकिने

काठ्माण्डौ

अबदेखि ट्राफिक नियम उल्लंघन गरेको जरिवाना अनलाइनबाटै तिर्न पाइने भएको छ।

महानगरीय ट्राफिक महाशाखाले बुधबार पत्रकार सम्मलेन गरी अनलाइनमार्फत जरिवाना तिर्ने सुविधाको उद्घाटन गरेको हो।

यसअघि ट्राफिक नियम उल्लंघन गरेपछि जरिवाना तिर्न अनिवार्य बैंक जानुपर्थ्यो।  

तर, अबदेखि बैंक जानुपर्ने समस्यालाई हटाएर इसेवा र कनेक्ट आइपिएसमार्फत जरिवाना तिर्न मिल्ने सेवा उपलब्ध गराएको हो।त्यहाँ चिट नम्बर राखेर जरिवाना तिर्न सकिने महाशाखाले जनाएको छ।

जरिवाना तिरिसकेपछि कक्षा तथा आफ्नो कागजात लिनका लागि प्रहरी कार्यालय आउनुपर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए।

अनलाइनबाट तिरिसकेपछि जरिवाना तिरे/नतिरेको बारेमा महाशाखाको सिस्टममा देखाउने उनले बताए।

ट्राफिक महाशाखाले दिने सेवा सुविधाहरूलाई प्रविधिमैत्री बनाउने योजनाले काम अघि बढाएको उनले बताए।

प्रविधिको दुनियाँमा छौं। प्रविधिको दुनियाँमा प्रवेश नगरिकन हामीले दिने सेवाहरू राम्रो, छिटो र सुविधायुक्त हुन सक्दैन। त्यसैले, हामीले सबै सेवाहरू क्षमता अनुसार विस्तारै प्रविधियुक्त बनाउँदै लैजानुपर्छ,’ एसएसपी भट्टराईले सम्मेलनमा भने।यो पनि त्यही योजना अन्तर्गत परेको उनले बताए।

‘यो सुविधाले बैंकमा गएर पैसा तिर्न जानुपर्ने प्रक्रियालाई हटाएको छ। पहिले बैंकमा गएर लाइन लागेर पैसा तिरेर फेरि ट्राफिक प्रहरी कार्यालयमा आएर तिर्न पर्थ्यो,’ उनले भने, ‘अब अनलाइनमार्फत तिरेपछि कुन नियमको उल्लंघन गरेको हो, त्यसको कक्षामा बसेपछि हाम्रोमा रेकर्ड बस्छ र सिधै कार्यालयमा आएर कागजात लिन पाइन्छ।’

महाशाखाले केही महिनायता नियम उल्लंघन गर्नेहरूलाई पनि अनलाइन कक्षा लिँदै आएको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजगर गर्दै महाशाखाले अनलाइन कक्षा सञ्चालनमा ल्याएको थियो।

यसबाहेक अन्य सेवाहरू पनि अनलाइनमार्फत् दिनेबारेमा सोचिरहेको एसएसपी भट्टराईले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »