सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा जनता समाजवादी पार्टी (जसपा) बाँकेले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) बाँकेले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमत्तोमा संबिधानसभा भंग गरेको र विभिन्न संबैधानिक पदहरुमा नियुक्ती गरेको विरोधमा जसपाले त्रिभुवन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधिसभा भंग गरेर आगामी बैशाख १७ र २७ गते मध्यावति निर्वाचनको घोषणा गर्नुभएको थियो ।

संबिधान विपरीत लोकतान्त्रिक मुल्यमान्यताको समेत बर्खिलापमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संबिधानसभा भंग गरेको भन्दै जसपा सडक आन्दोलनमा छ ।
त्यही आन्दोलन अन्तर्गत आज त्रिभुवन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाइएको जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राइले बताउनुभयो ।

जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त संबिधानसभालाई प्रधानमन्त्री ओलीले सनकको भरमा भंग गर्नु लोकतन्त्र र गणतन्त्र माथिको प्रहार भएको अध्यक्ष राईको तर्क छ ।
उहाँले संबिधानसभा पुनःस्थार्पना नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिनुभएको छ ।

राईले विरोध स्वरुप माघ २९ गते मशालजुलुस प्रदर्शन गर्ने जानकारी समेत दिनुभयो । जसपाले यसअघि देशव्यापी प्रदर्शन गरिसकेको छ । संबिधानसभा विघटनको विरोधमा जसपाले विरोध र्याली, सडक प्रदर्शनलगायतका दवावमुलक कार्यक्रम गरिसकेको छ ।


जसपाले प्रधानमन्त्री ओली तानाशाह बनेको आरोप लगाउँदै घोषित समयमा निर्वाचन हुनै नसक्ने भन्दै संबिधानसभा पुनःर्स्थापनाको विकल्प नभएको धारणा राख्दै आएको छ ।


उक्त कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य राशिद कुरेशी, जिल्ला उपाध्यक्ष राजन रानामगर, अम्बिका कफ्ले, रूबी साई, राजेंद्र विश्वकर्मा, दुर्गेश गुप्तालगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »