सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष सुमन मल्लले आफ्नै खर्चमा बनाए जिम सेन्टर

खजुरा, खजुरा गाउँपालिका वडा नं. १ का अध्यक्ष सुमन मल्ल विकासमा निकै अग्रसर बन्दै आउनुभएको छ ।

उहाँ आसन र भाषणमा त्यति चासो दिनुहुन्न । आफ्नो अधिकांश समय वडाको विकास र जनताको पिरमर्का बुझ्न् खर्च गर्ने उहाँको स्वभाव सहयोगी छ ।

उहाँले आफुले पाउने सेवा सुविधाबाट समाजिक काम र लक्षितवर्गमा खर्चिने गर्नुभएको छ । त्यसको पछिल्लो उदाहरण बनेको छ जयकिसान स्पोर्ट्स क्लबको भवन र त्यसमा जिम सेन्टर ।
आफ्नो वडाका नागरिकलाई स्वस्थ राख्ने उद्देश्यले जिम सेन्टर निर्माण गरेको अध्यक्ष मल्ल बताउनुहुन्छ ।

तत्कालीन मध्यपचिम खेलकुद विकास समितिबाट २ पटक गरि ५ लाख सहयोग हुँदा बाँकी सबै रकम वडाध्यक्ष मल्लले सहयोग गरेको सचिब चिरञ्जीवी पाण्डे बताउँनुहुन्छ ।

मैटहवा माबिसंगै रहेको जिम सेन्टरमा पुगेर खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, वडा नं. २ का अध्यक्ष देवीलाल खनाल, कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, बिज्ञ सदस्य किरण ढकाल, सञ्चारकर्मी जे पाण्डे लगायतले अवलोकन गर्नुभएको छ । जिम सेन्टरमा जिमका लागि आवश्यक सामाग्री समेत ल्याईसकिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »