सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेका क्रियाशिल पत्रकारलाई कोरोना विरुद्धको खोप लगाइने

नेपालगञ्ज,बाँकेमा क्रियाशिल सञ्चारकर्मीहरुलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइने भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङका अनुसार मंगलबार विहान १० बजेदेखि भेरी अस्पताल नेपालगञ्जमा सञ्चारकर्मीहरुलाई कोरोना विरुद्धको भ्याक्सिन उपलब्ध गराइने भएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगायत फ्रन्टलाईनमा खटिनेलाई यो खोप दिइएको छ । बाँकेमा पहिलो चरणमा कुल लक्ष्यको ९९.३४ प्रतिशत अर्थात चार हजार ९६७ जनालाई भ्याक्सिन लगाइएको छ ।

दोश्रो चरणमा आज मंगलबारदेख सञ्चारकर्मीहरुलाई खोप लगाउन लागिएको हो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले खोपका लागि अनिवार्यरुपमा पत्रकार परिचयपत्र सहित भेरी अस्पतालमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »