सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रलाई नेपालगञ्ज उप महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाको सहयोग

नेपालगञ्ज, सडक किनारामा रहेका बेवारिसे मान्छेको आवास र खानपानको व्यवस्था गर्दै आएको बाँकेको नेपालगञ्जको सुरजि गाउँमा रहेको बेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष एवं मानवीय कार्यमा सक्रिय रहँदै आउनुभएका मोहम्मद सफिक बेहनाले आश्रमलाई चामल दाल र पिठो हस्तान्तरण गर्नु भएको छ ।

केन्द्रका केन्द्रीय अध्यक्ष पुजा विश्वकर्मा र उपाध्यक्ष पुनम गुरुङलाई खाद्यान्न हस्तान्तरण गर्दै अध्यक्ष बेहनाले उक्त आश्रमलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

आश्रमले सडक किनारामा रहेका बेवारिसे बालबालिका, ज्येष्ठ नागरिक, मनोरोगी तथा अशक्त, घरपरिवारबाट त्यागिएकालाई बस्ने ठाउँ र खानाको व्यवस्था गर्ने काम गरेको बताउदै अध्यक्ष विश्वकर्माले बेवारिसे शवलाई समेत सतगत गर्दै आएको बताउनु भयो । उहाँले केन्द्रमा डेढ वर्षका बालबालिकादेखि ८५ वर्षका ज्येष्ठ नागरिकसमेत रहेको बताउनु भयो

अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग नलिई आश्रम सञ्चालन गरेको उपाध्यक्ष गुरुङले बताउनुभयो । उहाँले आश्रमलाई संचालनका लागि आ-आफ्नो स्तरबाट सहयोग गरिदिन आग्रह गर्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »