सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल रेडक्रस सोसाइटी बाँकेको ३९औं बार्षिक साधारण सभा सम्पन्न


बार्षिक १ लाख ५५ हजार ५ सय ८७ जना लाभान्वित
खजुरा, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ३९औ जिल्ला वार्षिक साधारण सभा विहिवार खजुरामा सम्पन्न भएको छ ।


खजुरा स्थित बागेश्वरी उपशाखाको आतिथ्यतामा सम्पन्न साधारण सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तवले रेडक्रस जस्तो मानविय सेवामा समर्पित सेवालाई थप सकृय वनाउन अनुरोध गर्नुभयो ।

रेडक्रसलाई “जँहा नपुगे रवि, त्यँहा पुगे कवि” भने झै विपद्को क्षेत्रमा कृयाशिल रहेको स्मरण गर्दै बाँके शाखाको भुमिका उत्कृष्ट रहेको वताउनु भयो ।


खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्थानिय तहसगै रेडक्रस विपदमा सधैसगै रहेको बताउनु भयो । उहाँले निकट भविष्यमा क्यान्सर अस्पतालमा रक्तसंचार सेवा संचालनका लागि रेडक्रसलाई अनुरोध गर्दै विपद् भन्ने वित्तिकै सवैले सधै रेडक्रस सम्झने गरेको कुरा उल्लेख गर्नु भयो ।


बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जिल्लामा रेडक्रसले कोभिड १९ लगाएत विपद व्यवस्थापनमा अग्रणी भूमिका खेलेकोमा प्रशसा गर्नुभयो ।


त्यसैगरी गैहसरकारी संस्था महासघ वाँकेका अध्यक्षले नमस्कार शाहले कोभिड १९ को महामारीमा रेडक्रस लगाएत संघसंस्थाले उल्लेख्य भूमिका निभाएको वताउदै रेडक्रसको कृयाकलापले महामारी नियन्त्रणमा सहयोग पुगेको वताउनुभयो ।


बागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाँके शाखाका सभापति गोर्वधन सिह सम्झनाले बाँके शाखाले कोरोना महामारीको चुनौतीका विच रेडक्रस स्वयमसेवकहरु परिचालन भएको जानकारी गराउनु भयो ।


उक्त सभामा बर्षभरी रेडक्रस अभियानलाई प्रसार प्रचार गरि योगदान गरेको जनमत अद्र्धसाप्ताहिकलाई उत्कृष्ट संचार प्रतिष्ठानको रुपमा नगद सहित सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट उपशाखा सेवा पुरस्कारवाट बागेश्वरी उपशाखालाइ सम्मानित गरिएको छ । २५ पटक भन्दा बढी रक्तदान गर्ने २८ जना स्वयंसेवी रक्तदाताहरुलाई सम्मान स्वरुप नेपाल रेडक्रसको आजीवन सदस्यता प्रदान गरिएको छ ।


सभामा वार्षिक प्रगति प्रतिवेदन शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले प्रस्तुत गदै १ लाख ५५ हजार ५ सय ८७ जना लाभान्वित भएको प्रतिवेदन प्रस्तुत गर्नु भयो थियो भने कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तवले २ करोड ३५ लाख १७ हजार ३ सय ४२ रुपिया खर्च विवरण र ०७८÷०७९ को ३ करोड ३२ लाख ४५ हजार ५ सय वरावरको विनियोजित वजेट प्रस्तुत गर्नु भएको थियो ।
१७ वटा उपशाखाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न साधारण सभाले प्रस्तुत कार्यक्रम र वजेटमाथी छलफल गरि स्विकृत गरेको छ ।


नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य र खजुरा गा.पा. वडा नं. ४ का वडा अध्यक्ष तिलक वीर सुनार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शाखाका वरिष्ठ शाखा अधिकृत दोलख बहादुर डाँगीले गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »