सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलको रणनैतिक संयुक्त मोर्चा घोषणा

नेपाल मा अहिले भई रहेको संसदिय प्रणालि  को खारेज  गर्दै नयाँ समाजवादी ब्यबस्था स्थापना  गर्ने भन्दै  सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय  रणनैतिक  संयुक्त मोर्चा घोषणा गरेका छन् ।

कमलादि स्थित प्रज्ञा भवन मा भएको उक्त कार्यक्रम मा कम्युनिस्ट बिचार अंगालेका थुप्रै नेता कार्यकर्ता को उलेख्य उपस्थिति रहेको थियो । केहिसमय अगाडी बिप्लबका निकट मानिएका गुणराज लोहनि भने आजको कार्यक्रम मा राष्ट्रीय जागरण अभियान को तर्फ बाट प्रतिनिधित्व गर्दै उपस्थिति भएका थिए ।

मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ । मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् । 
कार्यक्रमामा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ । 

रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । पछि तीन जना थपिने नेताहरुले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »