सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा अवधी पत्रकारहरुको भेला तथा प्रशिक्षणको तयारी पुरा


नेपालगन्ज , अवधी भाषी पत्रकारहरुको भोली फागुन १ गते शनिबार हुने भेला र प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको छ ।

अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेको अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति र जिल्ला शाखा बाँकेको संयोजनमा बाके डुडुवा गाउापालिका कम्दी कम्मरशाह बाबा मजारमा भोली शनिबार भेलाको आयोजना गरिएको हो ।


भेला तथा प्रशिक्षणमा बाँकेका सम्पुर्ण अवधी पत्रकार, तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुको सहभागिता रहने संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रले बताउनुभयो ।

केन्द्रीय अध्यक्ष मिश्रका अनुसार भेलामा कोरोना महामारीका बेला पत्रकारहरुले भोगेका समस्या, आगामी कार्ययोजना र संघको कार्यलय भवन निमार्णको पहलका विषयमा छलफल र पत्रकार आचारसंहिता तथा पत्रकारिताका विषयमा प्रशिक्षण समेत दिइने छ ।


त्यस अवसरमा बनभोज कार्यक्रमसंगै मनोरञ्जनका क्रियाकिलाप समेत राखिएको भेला तयारी समितिका संयोजक तथा जिल्ला शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनुभयो ।

उहााले भोली विहान १० बजे शुरु हुने कार्यक्रमका लागि सम्पुर्ण अवधी पत्रकारलाई सहभागिताका लागि आवहान समेत गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »