सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्को क्लबद्धारा थारु राष्ट्रिय आयोगका सदस्य सुवोधसिंह थारुको स्वागत सम्मान


नेपालगञ्ज, बाँके युनेस्को क्लबले थारु राष्ट्रिय आयोगका नवनियुक्त सदस्य सुवोधसिंह थारुको स्वागत तथा सम्मान गरेको छ ।


क्लबका संस्थापक सदस्य समेत रहनु भएका थारुलाई नेपाल सरकारले थारु राष्ट्रिय आयोगमा नियुक्त गरेकोमा शुक्रवार क्लबको नेपालगञ्जस्थित कार्यालयमा उहाँको स्वागत र सम्मान गरिएको क्लबका संस्थापक अध्यक्ष तथा संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


सो अवसरमा आयोगका सदस्य थारुलाई क्लबका संरक्षक सिद्दिकी र अध्यक्ष राजेन्द्र चौधरी लगायतले पुष्प गुच्छा प्रदान गर्दै दोसल्ला ओढाएर स्वागत तथा सम्मान गर्नुभयो ।


उक्त अवसरमा बोल्दै क्लबका संरक्षक सिद्दिकीले क्लबका संस्थापक सदस्य थारुको संवैधानिक आयोगमा नियुक्ती हुनु गौरवको विषय भएको बताउँदै बधाई तथा शुभकामना दिनुभयो ।


सोही अवसरमा क्लबका अध्यक्ष चौधरीले थारु समुदाय लगायत पिछिडिएका सबै समुदाको समग्र उत्थानका लागि आयोगले उल्लेखनीय काम गर्नुपर्ने सुझाव दिंदै सफल कार्यकालको कामना गर्नु भएको थियो ।

स्वागत र सम्मान ग्रहण गरेपछि आफ्नो भनाई राख्दै राष्ट्रिय थारु आयोगका सदस्य थारुले आफनो व्यक्तित्व विकासमा क्लबको निकै ठुलो योगदान रहेको जनाउँदै क्लबले गर्दै आएका कामहरु निकै सराहनीय र प्रशंसनीय रहेको बताउनुभयो ।


उहाँले आफ्नो कार्यकालमा आफुले नेपालका थारु समुदायसंगै अन्य पिछिडिएका समुदायको उत्थानका लागि पनि हर संभव प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।


सो अवसरमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, सह निर्देशक साजिद अली सिद्दिकी, वित्त तथा प्रशासन प्रमुख वेद पंगाली, कार्यक्रम संयोजक अनुप वर्मा र बसन्त विसी लगायतले पनि आयोगका सदस्य थारुलाई बधाई तथा शुभकामना दिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »