सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जानकी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

नेपालगन्ज, बाकेको जानकी गाउँपालिकाले आज वार्ड न ३ मानपुरमा नयाँ प्रशासकीय भवन शिलान्यास गरेको छ ।


कुल लागत इष्टिमेट रु ५,९६,००,००० र सम्झौता रकम रु ४,२२,८४,८१७ मा बन्न लागेको प्रशासकिय भवन निर्माणको जिम्मा स्थेगिम श्री कृष्ण निशान जे भि कम्पनीले लिएको छ। उक्त जिम्मा लिने कम्पनी र गाउँपालीका बिच २४ महिना भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने समेत सम्झौता भएको छ।
नयाँ निर्माण हुन लागेको प्रशासकिय भवनको सिलान्यास जानकी गाउँपालिकाकी उपाध्यक्ष भुमिसारा धितालले गरेकी थिइन् ।

सिलान्यास कार्यक्रममामा जानकी गाउँपालिकाका कार्यकारी अधिकृत बस बहादुर राना,इन्जिनियर निशार अहमद र वार्ड न ३ का वडा अध्यक्ष बिन्देस्वरी बर्मा ,जनप्रतिनिधीहरु,कर्मचारीहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »