सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रसुवामा सुविधा सम्पन्न खाेप केन्द्र निर्माण

काठमाडौं । महिला अधिकारकर्मी एवम समाजसेवी सुनितामाया गुरुङले जग्गादान गरेको रसुवा जिल्ला उत्तरगया गाउँपालिका ३ ठूलोगाउँस्थित सुविधासम्पन्न खोप केन्द्र निर्माण भएको छ ।

बुधवार उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले नव निर्मित उक्त खोप केन्द्र भवनको उद्घाटन गरेको थियो । गुरुङले दान गरेको साढे दुई आनामा निर्मित भवनको उद्घाटनसँगै अध्यक्ष लम्सालले सम्मान पत्र र खादा लगाएर गुरुङलाई सम्मान गरेका थिए । उक्त खोप केनद्र भवनको निर्माण लागत भने ८ लाख ५० हजार रहेको गाउँपालिकाले जनाएको छ । सुविधा सम्पन्न खोप केन्द्रको लागि गाउँपालिकाबाट ३ लाख ९० हजार र बाँकी सांसद विकास कोषबाट आर्थिक रकम प्राप्त भएको हो ।

जग्गादाता गुरुङ काँग्रेस नेतृसँगै महिला सञ्जाल रसुवाका अध्यक्ष समेत रहेकी छिन् । गाउँपालिकाले गरेको यस सम्मानबाट सामाजिक काम गर्न थप हौसाल मिलेको उनको भनाई छ । आगामी दिनमा गाउँ विकास र सामाजिक कार्यमा दत्तचित्त भएर लागि पर्ने उनले बताइन् ।

नयाँ भवन उद्घाटनको अवसरमा गाउँपालिकाले जेष्ठ नागरिक सम्मानसँगै दुइ दिने निशुल्क स्वास्थ्य परिक्षण र आँखा शिविर सञ्चालन गरेको छ । यससँगै गाउँपालिकाले ९३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । साथै उक्त शिविरमा १ सय भन्दा बढीको आँखा परिक्षण भएको छ भने २५ जनाको आँखा शल्याक्रिया गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा न ३ का वडा अध्यक्ष लाल बहादुर लामा तमाङ रहेका थिए । साथै गाउँपालिकाका उप प्रमुख चमेली गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्का र स्वास्थ्य शाखा प्रमुख रबिन्द्र ठकुरीको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »