सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेरो प्लानेटले : युवा कलाकारहरूलाई ठूलो पर्दामा खेल्ने अवसर


नेपालगञ्ज , मेरो प्लानेटले आफ्नो औपचारिक उदघाटनका अवसरमा ‘युत्सव ट्यालेन्ट फेस्टिभल’को आयोजन गरि नेपालगञ्जका युवा कलाकारहरूलाई ठूलो पर्दामा खेल्ने अवसर जुराएको छ ।


फिल्म निर्देशक शोभित बस्नेतले नेपालगञ्जका कलाकार जास्मिन थापा, काजल शाही, प्रांजल गुप्ता, किशोर हमाल र अर्जुन कार्कीलाई आफ्नो आउने नया फिल्ममा खेल्ने अवसर प्रदान गरेका हुन् ।

‘युत्सव ट्यालेन्ट फेस्टिभल’मा देशभरीबाट आएका तीस कलाकारमध्ये विदुषा डान्स ग्रुपले एक लाखको नगद प्रथम पुरस्कार पाउन सफल भएको छ ।

त्यसै गरि पचास हजारको दोस्रो र तीस हजारको तेस्रो पुरस्कार क्रमशः सगरमाथा डांस सेन्टर र रायल डांस एकेडमीले प्राप्त गरेका छन् ।


फिल्म निर्देशक शोभित बस्नेत, चर्चित लोक गायक कमल निर्मोही र नृत्य निर्देशक नवराज सुबेदीले सो प्रतियोगितामा जजको भूमिका निर्वाह गरेका थिए ।

उक्त अवसरमा मेरो प्लानेटले आफ्नो नया क्विक सर्भिस रेष्टुरेण्ट चटकारेको पनि उदघाटन गरेको छ ।

चटकारेले मेरो प्लानेट परिसर भित्र विभिन्न प्रकारका पेय पदार्थ, चाटका परिकार, नेपाली खाना, भारतीय तथा दक्षिण भारतीय खाना, चिनियाँ परिकार र इटालियन खाना पनि उपलब्ध गराई रहेको छ ।


यसैगरि मेरो प्लानेटले आफ्नो वाटरपार्क हिपहिप हुर्रे पनि सञ्चालनमा ल्याएको छ । बिहान १० देखि राति १० बजेसम्म सञ्चालन हुने सो पार्कमा रेन डांस, म्यूजिक सिस्टम, डीजे, पानीको झरना, मान्छे उडाउने स्लाइड, विश्वको पाँचौ सबैभन्दा ठूलो गरि चारवटा स्विमिङ पुल रहेका छन् ।

पार्कमा पुगेका गेस्टले आफ्नो अनुभव अतुलनीय रहेको बताएका छन् । मेरो प्लानेट वाटर फन पार्कका प्रबन्ध निर्देशक डा.ओमप्रकाश मिश्रले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »