सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोको सहयोगले बारबर्दियाका कोभिड प्रभावितलाई जिवनयापन सहज


नेपालगन्ज, बर्दियाको बारबर्दिया नगरपालिकाका कोभिड १९ प्रभावित विपन्नलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत प्रदान गरेको सहयोगले धेरै राहात मिलेको पाईएको छ ।

प्लान नेपालको आर्थिक सहयोगमा बर्दियामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रम अन्तर्गत बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ११ का अति प्रभावित विपन्नलाई वितरण गरिएको सहयोगले उनिहरुको जीवनयापनमा ठुलो सहयोग मिलेको पाईएको हो ।

सो कार्यक्रमको बुधवार गरिएको संयुक्त अनुगमनमा उक्त सहयोगले अति प्रभावित विपन्नलाई जिवनयापनमा धेरै सहज बनाएको नगरपालिकाका जनप्रतिनिधी र प्रभावितहरुले बताएका छन् ।

कोभिड १९ का कारण अत्याधिक प्रभावित भै समस्यामा परेका बारबर्दिया ३ का २०७ र वडा नम्बर ११ का २०९ अतिविपन्न परिवार गरेर ४१६ परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको सहयोग गरिएको थियो ।

सोही बराबरको सहयोग एक महिनापछि दोस्रो किस्तामा पनि प्रदान गरिने क्लबले जनाएको छ । अनुगमनका क्रममा बारबर्दिया नगरपालिकाका उप प्रमुख अन्जु दहितले क्लबले गरेको सहयोगबाट कोभिड प्रभावित परिवारलाई जिविकोपार्जनमा धेरै सहज भएको जनाउँदै सो सहयोगले उनिहरुले आफुलाई आत्मनिर्भर बनाउन अवसर प्रदान गरेको बताउनुभयो ।

उहाँले सो कार्यक्रम निकै राम्रो रहेको जनाउँदै अन्य वडाहरुमा पनि सञ्चालन गर्न आग्रह गर्नुभयो । सोही प्रकारले वडा नम्बर ३ का वडा अध्यक्ष लक्ष्मी क्षेत्री र वडा नम्बर ११ का वडा अध्यक्ष विजय चौधरीले क्लबले प्रिपेड कार्ड मार्फत प्रदान गरेको सो सहयोगले विपन्न परिवारमा खुशियाली ल्याएको बताउनुभयो ।

अनुगमनको क्रममा अनुगमन टोलीले प्रभावितलाई सहयोग सामाग्री उपलब्ध गराउने बारबर्दियाका भेन्डरहरु न्यु भट्टराई किराना पसल, सदाशिव हार्डवेयर र पन्थ बस्त्रालय पुगेर सामाग्री वितरण बारे जानकारी लिनुका साथै प्रभावितहरुसंग पनि सहयोगले पुर्याएको सहजता बारे जानकारी लिएको थियो ।

सहयोग सामाग्री लिन आउनु भएका वडा नम्बर ३ का बिमला थारुले यो सहयोगले आफ्नो परिवारको गुजारा चलाउन निकै मद्दत गरेको बताउनुभयो । उहाँले यसले जिविकालाई पहिलेकै अवस्थामा ल्याउन पनि मद्दत गरिरहेको जनाउनु भएको थियो ।

यस्तै सहयोग सामाग्री लिन आएका वडा नम्बर ३ का कोभिड अतिप्रभावित मोतिराम थारु, सहेबु थारु र चुन्दिया थारुले पनि यो सहयोगले जिविकोपार्जनमा ठुलो काम गरेको बताएका थिए । अनुगमन टोलीमा बारबर्दिया नगरपालिकाका उप प्रमुख अन्जु दहित, वडा नम्बर ३ र ११ का वडा अध्यक्षहरु लक्ष्मी घर्ति क्षेत्री र विजय चौधरी, बारबर्दियास्तरीय विपद व्यवस्थापन समितिका संयोजक टेक बहादुर विक, बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकी, कार्यक्रम संयोजक दयाराम चौधरी, कार्यक्रम अधिकृत माया चौधरी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रमको दोस्रो चरणमा राजापुर नगरपालिकाको वडा नम्बर १ र २ तथा बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ११ मा वडा कार्यालयहरुको समन्वयमा अतिप्रभावित तथा अतिविपन्नको छनोट गरि ८३३ घर परिवारलाई पहिलो किस्ता सहयोग वितरण गरिएको थियो ।

छनोटमा परेका परिवारलाई पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको प्रिपेड कार्ड वितरण गरिएको र सोही कार्ड देखाएर उनिहरुले उक्त बराबरको खाद्य लगायत अन्य सहयोग तोकिएको भेन्डरबाट प्राप्त गर्नेछन् ।

दोस्रो किस्ता एक महिनापछि उपलब्ध गराइने छ । कार्यक्रमको पहिलो चरणमा दुबै नगरपालिकाका चारवटा वडाका ८८९ घरपरिवारलाई सहयोग प्रदान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »