सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा एमाले माधव नेपाल समूहको निर्णय ओलीले बोलाएको बैठकमा नजाने

काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहले शनिबारका लागि बोलाइएको प्रचारित बैठकमा नजाने बताएको छ ।

शुक्रबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी ओलीले दललाई निजीकरण गरेको भन्दै उक्त बैठकमा सहभागी नहुने माधव नेपाल(झलनाथ खनाल समूहले अडान राखेका छन् ।

संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकर गरिएको नेपाल समूहको निष्कर्ष छ ।

यस्तै केन्द्रीय समितिको बैठकमा पनि आफ्ना गुटका नेतालाई मात्रै खबर गरी अवैध ढंगले भेला गरिएकोमा नेपाल पक्षले आपत्ति जनाएको छ । विधान उल्लंघन गरिएकोले उक्त बैठक खारेज नगरिएसम्म केन्द्रीय समिति बैठक बस्न नसक्ने भएकाले शनिबार बोलाइएको प्रचारित बैठकमा सहभागी नहुने नेपाल पक्षले जनाएको हो ।

१। विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने ।

२। केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने ।

भर्खरै

सम्बन्धित खबर

Language »