सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आइसफल डाक्टर सगरमाथा क्षेत्रमा

काठमाडौं । कोरोनको कारणले पर्यटन वर्ष नेपाल २०२० स्थगित गरेको थियो । विस्तारै पर्यटनहरु नेपालमा घुम्न आउने चहलपहल बढेसँगै हिमाल आरोहण गर्ने सिजन पनि शुरु भएको छ ।


सगरमाथा आरोहणको सिजन नजिकिँदै गर्दा सगरमाथामा आरोहण सहजिकरणका लागि खटिने आइसफल डाक्टर सो क्षेत्रमा पुगेका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार सगरमाथा आरोहणका लागि बाटो बनाउने प्रयोजनका लागि ७ जना विशेषज्ञ टोली खटिएका छन् । उनीहरु आधार शिविरबाट माथि लागिसकेको उनले जानकारी दिइन् । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार यो टोलीमा पाल्देन नामगेल शेर्पा, आङ सार्की शेर्पा, मिग्मा तेम्बा शेर्पा, दावा जाङ्बु शेर्पा, दावा नुरु शेर्पा, निग्मा वाङ्छु शेर्पा र फु छेतर शेर्पा रहेका छन् । उनीहरुलाई २ जना वेस क्याम्प सर्पोट स्टाफले साथ दिँदैछन् ।

आइसफल डाक्टरले आरोहण रुट पहिल्याउने काम गर्छन् । त्यसक्रममा पूर्वाधार राख्ने काम समेत यसै चरणमा हुने गर्छ । रुटमा भर्‍याङ राख्नेदेखि डोरी टाग्ने काम समेत यसै बेला गरिन्छ । आइसफल डाक्टरले पहिल्याएको बाटो हुँदै आरोही चुचुरोतर्फ लम्किन्छन् । सोहीकारण आरोहणपूर्वको यो काम जोखिमपूर्ण र महत्वपूर्ण समेत मानिन्छ । यस प्रयोजनका लागि अनुभवी र विशेषज्ञ आरोही खटिएका हुन्छन् ।

आइसफल डाक्टरहरु करिब तीन महिना हिमालमा रहने भएका छन् । खुम्बु क्षेत्रमा खटिने टीमले तीन वटा हिमाल चढ्ने रुट पहिल्याउने काम गर्छ । सगरमाथा आधार शिविर हुँदै सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल चढ्ने गरिन्छ । यो वर्ष मौसमले साथ दिएमा वैशाखको दोस्रो साताबाटै आरोहीलाई चुचुरोतर्फ लैजाने योजना छ । अहिले पर्यटन विभागले आरोहण अनुमति खुला गरिसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »