सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोनाले छेकेन होली, क्लोथिङ इन नेपालले वितरणगरे विद्यार्थीहरुलाई शैक्षिक सामाग्री

काठमाडौँ । नेपाल सरकारले कोरोनाको दोस्रो लहर फैलिन सक्ने सम्भावना भएको भन्दै धेरै भिडभाड नगर्न र आमसभा, बृहत साँस्कृतिक कार्यक्रम केही नगर्न आम सर्वधारणमा अपिल गरेता पनि बसन्तपुरको डबली लगाएत विभिन्न स्थानमा यूवाहरु जम्मा भएर होली पर्व मनाएको छ । चैत्र १५ गते आइतबार पहाडी क्षेत्रमा र भोलि तराई क्षेत्रमा मानिने होली पर्व खुलेर रङको पर्व मनाएका छन् । यसैगरी विभिन्न ठाउँका होली कार्यक्रमहरुमा भौतिक दूरी र मास्क प्रयोग नगरेको पाइएको छ ।

चैत्र १५ गते आइतबार क्लोथिङ इन नेपाल र अमर कला केन्द्रको आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा क्लोथिङ इन नेपालमा कार्यरत कर्मचारीहरुको अध्ययनरत छोराछोरीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो ।

मिसेस तामाङको आयोजक अध्यक्ष तथा मोडल सान्त तामाङको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा तामाङ समुदायमा चर्चित तथा महा नायक अमिर दोङ, हास्यकलाकार कुईसाङ रुम्बा, नायिका शुष्मा मोक्तान, मोडल मिलन थिङ पराङ, लगाएतका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरु अतिथिकारुमा रहेका थिए ।

हास्यकलाकार अनिता नेगीले कार्यक्रमलाई सभ्य र भब्य तरिकाले संचालन गरेकी थिइन् ।

क्लोथिङ इन नेपालका डाइरेक्टर हरी तामाङले होलीको अवसरमा विद्यार्थीहरुलाई केही सहयोग गर्न पाएकोमा आत्म सन्तुष्टि हुने र होली विशेषमा सबैलाई रमाइलो प्रधान गर्नकालागि कार्यक्रमको आयोजना गरेको बताए ।

अमर कला केन्द्रको अध्यक्ष राधा थोकरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »