काठमाण्डौं। निजि अस्पतालहरुले आफुखुसि आफ्नो सेवाको मुल्यनिर्धारण गरेको गुनासो आएको भन्दै स्वाथ्य मन्त्रालयले त्यसप्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको बताएको छ ।
आजै एक प्रेस नोट जारी गर्दै सेवा भावले काम गर्ने सर्त सहित खोलिएको अस्पतालले यस्तो महामारीको अवस्थामा आफ्नो कर्तब्यलाई भुलेर जथाभाबि गर्नु गैरकानुनि भएको बताईएको छ ।
कुनै पनि अस्पतालले आफुलाई त्यस्तो ब्यबहार गरे स्थानिय प्रशाशन तथा स्वास्थ्य मन्त्रालयमा जानकारी गराई सहयोग गरीदिनु हुन आम सर्वसाधारणमा स्वास्थ्य मन्त्रालयले अपिल समेत गरेको छ ।
कोहि पनि नागरिक स्वास्थ्य सेवापाउन बाट बन्चितहुन नपरोस् भन्ने हेतुले निजि अस्पतालहरुलाई समेत सचेत गराईएकोले त्यसको अटेरगरी जथाभाबि शुल्क लिने तथा सेवाप्रदान गर्न आनकानि गरेमा त्यस्ता अस्पताललाई तुरुन्तै कार्वाहि गरीने पनि मन्त्रालयले आफ्नोप्रेस नोटमा जनाएको छ ।
सह-प्रवक्ता डा. समीर कुमार अधिकारी द्वारा हस्ताक्षरीत पत्रमा यस्ता गैर कानुनि कार्यगर्ने ब्यक्ति वा संस्थालाई हदै सम्मको कार्वाहि हुने भएको ले तुरुन्त यो कार्यरोक्न , नगर्न नगराउन संबन्धित अस्पताल प्रशाशन लाई सचेत गराईएको तथा अब पनि त्यस्तो भएमा पिडित र सरोकार वाला हरुले तुरुन्तै कार्वाहिकोलागी स्थानिय प्रशाशन तथा सिधै स्वास्थ्य मन्त्रालयमा खबर गरीदिनुहुन पनि अनुरोध गरेको छ ।









