सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपतिले ताेकिएकाे समय सिमा सक्याे, अब के गर्लान् ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहितको प्रधानमन्त्रीमा दाबी गर्न तोकिएको समय सिमा सकिसकेको छ । प्रधानमन्त्री केपी ओलीले १५३ र नेपाली कांग्रेसको अध्यक्ष शेर बहादुर देउवाले १४९ गरी प्रधानमन्त्रीमा दाबी गरेको पत्र राष्ट्रपतिलाई बुझाइसकेको छ । तर १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताएकी छन् तर, विपक्षी दलका नेताहरुले ओलीले दाबी गर्न नमिल्ने भन्दै संविधानअनुसार प्रधानमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए । जवाफमा राष्ट्रपति भण्डारीले ओलीले पनि बहुमत पुर्‍याएर आएको बताएपछि विपक्षी दलका नेताहरुले आशंका गरेका छन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दाबी गर्न आएको भन्दै आफूले कानुन हेर्ने बताएकी हुन् । ”हामीले हस्ताक्षरसहितको दावी प्रस्तुत गर्‍यौं । उहाँले धेरै बोल्नुभएन । म कानुन पनि हेर्छु, प्रधानमन्त्री पनि दाबी गर्न आउनुभएको छ भन्नुभयो,” श्रेष्ठले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् । विपक्षी गठबन्धनले हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »