सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपन्न वर्ग , सडक बालबालिका , अस्पतालका बिरामी कुरुवा तथा सुरक्षाकर्मी को सेवा गर्दै ” मानवका लागी मानव अभियान “

काठमाडौं। कोरोना कहरको दोश्रो चरणको लकडाउन संगै काठमाडौं मा बसोबास गर्ने विपन्न वर्ग, सडक बालबालिका को दैनिकी निकैनै कष्टकर बन्दै ग ई रहेको अवस्थामा समाजमा कृयाशिल युवा  हरुको एक समुहले बिभिन्न संघ संस्था संघ समन्वय गर्दै मानव को  लागी मानव अभियान खडा गरेर बिभिन्न सामाजिक काम गरीरहेका  छन्।

अभियानले घोषणा गरेको कार्यक्रम मध्य पहिलो चरणमा अति विपन्न बर्ग र  सडक बालबालिका हरुलाई खाजा ,पानि तथा बाटोमा अहोरात्र खट्ने शुरक्षाकर्मी हरुलाई  पिउने पानिको ब्यबस्था गरीएको आयोजक समिती सदस्य तथा अभियानका  आर्थिक र  प्रशासनिक बिभाग समेत सम्हालिरहेका शान्ति नेपाल संस्थाका अध्यक्ष दिपेन्द्र ढकालले जानकारी गराएका छन्।

अभियानलाई अगाडीबढाउन काठमाडौं,बालाजुको माछापोखरीमा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालको  केन्द्रीय कार्यसमिती सदस्य लिला खनाल ले संचालन गरीरहेको माछापोखरी फुडल्याण्ड लाई निशुल्क उपलब्ध गराईएको तथा राष्ट्रीय अपांग श्रीमती संघ नेपालको अध्यक्ष उषा सिंखडाले त्यस क्षेत्रको स्थानियको नाताले ब्यबस्थापकिय पक्षलाई मजबुद  बनाउदैं आवस्यक सहयोग गरीरहेको प्राबिधिक तथा ब्यबस्थापन लाई संयोजन गरीरहेका सम्बाददाता डट कम  का  प्रकाशक डि बि पराजुली ले बताएका  छन्  ।

अभियान मा स्थानिय हरुको पनि आर्थिक र  भौतिक  समर्थन रहेको बताईएको छ  । आज पाँचौ दिन सम्म अभियान चलिरहँदा आएका सहयोग को  बारेमा  मानवको लागी मानव  अभियानको फेसबुक पेज बाट लाईभ मार्फत संपुर्ण जानकारी गराईएको थियो । जसमा नगद सहयोग गर्ने हरुमा मधु रेग्मी रु ३००० ,सबिना दाहाल रु ४०००, दिक्षा थापा रु ५०० ,शारदा श्रेष्ठ रु ५००० ,कृष्ण हरी बुढाथोकी ५०००,एकराज सुबेदी रु ४००५ ,श्याम खनाल रु १०००,राकेश राजबहाक  रु ५००० ,सृजना  सिंखडा रु ३००० ,राजकुमार हुंमागाईँ रु ५०००, शर्मिला महर्जन  रु २०००, बिष्णु कुमारी अंगाई रु ५००० ,कल्पना सिंखडा रु ५००० , नाम उल्लेख नगर्ने शर्तमा  एकजानाले रु १५००० सहयोग  गरेको अभियान  को आर्थिक बिभागले बताएको छ  ।यस्तै जिन्सी सामाग्री मा  रबिन थपलिया खाध्यान्न  ,लाल सिं खाध्यान्न, उत्तम खानेपानी  ट्याङ्करको  पानि,निलिमा महर्जन तरकारी जन्य सामाग्री ,शन्तोष भण्डारी खाना प्याकिङ गर्ने  बक्स समेत सहयोग  प्राप्त भएको अभियानले  जनाएको छ  ।

कार्यक्रमलाई ब्यबस्थित बनाउन अभियानले बिभिन्न बिभागहरु समेत बनाएर कार्यन्वयनलाई चुस्त बनाउन  प्रयास गरेको छ। मुख्य भुमिकामा  युवा अभियन्ता हेम बहादुर खडका (राज), आर्थिक तथा प्रशासन बिभागमा  शान्ति नेपाल संस्थाका अध्यक्ष  दिपेन्द्र ढकाल ,प्राबिधिक तथा  ब्यबस्थापन बिभागमा  सोसल मिडिया प्रालि का  संचालक  तथा  सम्बाददाता डट कम का  प्रकाशक डि. बि.  पराजुली , संचार  तथा समन्वय बिभागमा मिडीयाकर्मी मन्दिरा शर्मा पौडेल तथा जन संपर्कबिभाग मा  साजन बि. क. रहेका छन् । त्यसै गरी भान्छा तर्फ स्वयं सेवकका  रुपमा नवराज श्रेष्ठ ले संहालेका छन् भने मुख्य सहयोगी भुमिकामा  अनक मगर, सुनिल रावल,जीवन बडाल, राजेश थापा  रहेका छन्।

अभियानलाई ब्यबस्थित बनाउन फिल्ड स्वयंसेवक को रुपमा महिला अभियन्ता तथा मिडियाकर्मी  सरस्वती काफ्ले , लिलाखनाल ,ओम बाबु  के. सि.  ,उषा सिंखडा ,च्याङ्बा तामाङ ,डिल्ली महर ,सुनिता थापा  ,राकेश राज बहाक ,मनिष मानव  बिजेन्द्र नौबागे ,मिलन आले मगर लगायत ले मुख्य भुमिका निर्बाह गरीरहेका छन् ।

अभियानले २ दिन पशुपती क्षेत्र मा  र  तिन  दिन  बसन्तपुर, काठमाडौं गणेश स्थान, बिर अस्पताल आसपास , गंगालाल अस्पताल  आसपास विपन्न  तथा  सडक बालबालिका  हरुलाई निशुल्क भोजन को  ब्यबस्था  गरेको  थियो भने सोहि रुट अन्तरगत पर्ने  बाटोका  शुरक्षाकर्मी हरुलाई पिउनेपानि को  ब्यबस्था  समेत गरेको थियो ।

यो अभियानको  योजना  बृहद भएको र  बिभिन्न  मोडल हरुमा  लैजाने  तयारी भैरहेको अभियानका  संयोजक हेम बहादुर खडका (राज)ले बताएका छन् ।उनले भने “आर्थिक  भौतिक र  नैतिक रुपमा समर्थन  गर्न सचेत नागरीकले हाम्रो योजना लाई अध्ययन गरीरहेका छन् ,अब  त्यो समर्थन  प्राप्त हुनासाथ  कुनैपनि  हालत  मा  यो अभियान रोकिने छैन” ।

युवाशक्ति उत्पादन मा जोडिएर नेपाली उत्पादनलाई अन्तराष्ट्रीय बजारीकरण नगर्दा सम्म  नेपालीहरुको जिवन स्तर उकास्न  नसकिने भएकोले अभियानले यो कोरोनाको महामारी अन्त्य  संगै उत्पादन मा  पनि हात  हाल्ने अभियन्ता हरुले बताएका  छन्।

 यो अभियानको मिडीया पार्टनरको रुपमा सारा खबर ,जन गर्जन ,आईडीया खबर , संबाददाता डटकम , आम नेपाली टी भि  र  भुमे अनलाईन टी. भि.  रहेका छन्।

 काठमाडौं उप्त्यका भित्र तपाइँ हरुको घर छर छिमेक मा पनि कोहि भोकै बस्नु परेको छ भने मानवकालागी मानव  अभियान को फेसबुक मा जोडिएर म्यासेज वा कल गर्नु  भयो भने यो अभियान ले सक्दो सहयोग  गर्ने संयोजक  राज ले बताएका  छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »