सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्रीकाे कुर्सीमा काे ? : चुनावी मैदानबाट फैसला

काठमाडाैँ । नेपाली राजनीतिमा फेरि नयाँ तरङ्ग फैलिएको छ । आम नेपाली जनता मस्ती निन्द्रमा थियो तर बालुवाटारबाट संसद विघटनका लागि सिफारिस पठाए पछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १ः४९ मा संसद विघटन भएको घोषणा गरियो ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे नै बोलाइएको भए पनि राष्ट्रपति कार्यालयको वक्तव्य कुर्दा मध्यरात भएको थियो । निर्णय गर्दा रातको १ बज्यो । राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा झण्डै २ बजेको थियो ।

प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो मात्र सम्पादकहरुसँग कुरा गर्दै संसद् भंग गर्ने चेतावनी दिएका थिए ।

‘अहिलेसम्म मसँग १२१ को मतभार छ । मलाई अलि सजिलो हो कि भनेर कोशिश गरिरहेको छु । यदि समर्थन प्राप्त भयो र त्यो राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्ति गर्नुभयो भने सरकार बनाउँछु । एक महीनाभित्र फेरि विश्वासको मत लिनेछु’ उनको चेतावनी थियो, ‘फेरि विश्वासको मत नदिएर विघटन गर्यो भनेर आरोप लगाउन पाइने छैन । विश्वासको मत नदिने, अनि चुनावमा गयो भन्न त पाइने छैन ।’

प्रधानमन्त्रीका लागि ओलीले मात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दाबी पेश गरेका थिए । संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बन्न चाहनेले सांसदहरुको हस्ताक्षर बुझाएरै बहुमत रहेको आधार प्रस्तुत गर्नुपर्ने हुन्छ । देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जनता समाजवादी पार्टी (जसपा) का १२, नेकपा एमालेका २६ र राष्ट्रिय जनमोर्चाका एक सांसदको हस्ताक्षर बुझाएका थिए । संवैधानिक रूपमा देउवा प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कार्तिक २६ गते मंसिर ३ गते संघीय निर्वाचनको मिति तोकिएको छ । यो घोषणासँगै विपक्ष राजनीतिक दलहरु आक्रोशित भएका छन् । नेकपा (एमाले)को पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले प्रतिगमन २ को डटेर लाग्ने प्रतिक्रिया दिएका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन् । भने नेपाली कांग्रेसका यूवा नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले देशलाई अध्यारो सुरुङमा हालेको आरोप लगाएको छ ।

अहिले बिहान ११ बजे बानेश्वरस्थित संसद् भवनमै कांग्रेस, माओवादी केन्द्र, एमालेको असन्तुष्ट नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बस्ने लागेको जानकारी प्राप्त भएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेकाे याे दाेस्राे पटक हाे । राजनीतिक वृत्तमा कुट्नीतिक चाल खेल्न माहिर प्रधानमन्त्री ओलीले दलहरूलाई चुनावी मैदानमा उत्रनका लागि बाध्य तुल्याएकाे छ । अबकाे राजनीतिक सत्ताकाे फैसला चुनावी मैदानबाट मात्र निश्चित हुने प्रस्ट देखिएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »