सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भेरी अस्पताल घटनाप्रती राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले कडा आपत्ति जनाउँदै दोषी माथि कारबाहीको माग

नेपालगन्ज, भेरी अस्पताल नेपालगन्जमा विहिबार साझ भएको घटनाप्रती राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगन्जले कडा आपत्ति जनाउँदै दोषी माथि कारबाहीको माग गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगन्जका अध्यक्ष रवि बर्माले भने भेरी अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमा कुटिएको घटना प्रती आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी समक्ष उक्त घटना घटाउनेलाई कडा कारबाहीको माग गरेका हुन् ।

अध्यक्ष बर्माले अगाडी भनेका छन् , चिकित्सक र स्वास्थ्यकर्मी माथीको अमानवीय घटना घटाउनेलाई कडाभन्दा कडा कारबाही होस् अन्यथा नगर युवा संगठन नेपालगन्जले कारबाही गर्ने समेत घोषणा गरेका छन् ।

विहिवार राती भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामिको मृत्यु पछि मृतकका आफन्तिले चिकित्सक र स्वास्थ्यकर्मीमाथी अन्धाधुन्ध आक्रमण गरेका थिए ।

सो आक्रमणबाट बच्न केही नर्सहरु पहिलो तलाबाट हाम फालेर ज्यान जोगाउने प्रयास गरेका थिए , सो क्रममा चिकित्सक र स्वास्थ्यकर्मीलाई चोट समेत लागेको छ र आज शुक्रबार विहानै बाट अस्पताल प्रसाशन अगाडि बाट स्वास्थ्यकर्मीले आफ्नो सुरक्षा गर्न माग गरेर विरोध प्रर्दशन जारी छ ।

पुलिस प्रसाशन मुर्दावाद, बाँके सिडियोको पाराले दुख पायौ सारा र स्वास्थ्य कर्मी माथि सुरक्षा गर, दोषी माथी कार्वाहीको माग गदै विरोध प्रर्दशन गरि रहेको वेला राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालगन्जले न्यायको माग गर्दै प्रेस वक्तव्य निकालेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »