सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खार्पाचोक युवा क्लबले गरे स्वास्थ्य सामाग्री सहयोग

काभ्रे । खार्पाचोक युवा क्लवले रोशी गाउँपालिका वडा नम्वर ८ खार्पाचोकका हरेक घरमा कोरोना महामारीसँग लड्न आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
खार्पाचोक युवा क्लवको आयोजनामा उक्त स्थानमा रहेका ३५० घर धुरीमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कोरोना महामारीले गाउँमा पनि आक्रान्त बनेको बेलामा यस महामारीबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा गाउँका बासिन्दालाई जानकारीका साथै साथै स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरिएको क्लवका अध्यक्ष लाल वहादुर घिसिङले जानकारी दिनुभयो ।
उहाँका अनुसार खार्पाचोकमा रहेको स्वास्थ्य चौकीलाई क्लवले अक्सीमिटर ४ थान , पिपिइ सुट सात थान , सर्जिकल मास्क , सेनिटाइजर, ग्लोबस् , भिटामिन बी, सी लगाएतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

रोशी गाउँपालिका वडा नम्वर ८ साविक खार्पाचोक गाविसका ९ वडामा रहेका सम्पूर्ण ३५० घर धुरीमा नै क्लवले स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रत्येक घरमा साबुन, मास्क, भिटामिन सी, स्यानिटाइजर लगाएतका स्वास्थ्य सामग्री प्रदान गरिएको अध्यक्ष लालवहादुरले बताउनुभयो । क्लवले ठूलो गाउँ , पोखरी टोल, किर्दास, नार्के बजार, कोतर्छे, माच्छेगाउँ, लेम्बुवा लागयतका स्थानमा उक्त सामग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्री तेमाल गाउँपलिका वडा ८ का समाजसेवी कर्म सिङ लामा र रोशी गाउँपलिका वडा ५ का युवा व्यवसायी तथा समाजसेवी प्रकाश लामा (पारस ) लगायतका सहयोगी हातहरुले सहयोग गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »