सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौ । गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बनेको नयाँ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यही असार १ गते भित्र बजेट ल्याइसक्नु पर्ने कानुनी ब्यवस्था भएपनि अन्तिम समयमा आएर नयाँ सरकार गठन भएकोले हतारमा सरकारले नीति तथा कार्यक्रम सहित बजेटको तयारी गरेको हो ।

आइतबार नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे आज मुख्यमन्त्री पोखरेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेका थिए । पृथ्वी सुब्बाको सल्लाह अनुसार नै आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । यसअघि गुरुङ नेतृत्वको सरकराले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो ।

सरकारले सहभागी सबै दलहरूको घोषणापत्रलाई समेटेर विगतको सरकारले गरेका कामलाई निरन्तरता दिने गरी बजेट निर्माणको कार्य अगाडी बढेको छ । यस अघि बजेट र नीति तथा कार्यक्रमका वारेमा गुरुङ सरकारले आवस्यक तयार गरिसकेकाले त्यसमा केही हेरफेर गरेर प्रस्तुत गर्न लागिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »