सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि माधव नेपालले विपक्षी गठबन्धन त्यागे

काठमाडौं। प्रतिनिधिसभा विघटन र नयाँ सरकार निर्माण प्रक्रियामा विपक्षी गठबन्धनसँग जोडिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धन त्यागेका छन्। सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि बसेको विपक्षी दलको गठबन्धनमा वरिष्ठ नेताले अब आफू विपक्षी गठबन्धनमा नरहेको बताएका हुन्।

सोमबार विपक्षी गठबन्धनको अन्तिम बैठक नेता नेपाल निवास कोटेश्वरमा बसेको थियो। सो बैठकमा नेता नेपालले राखेको भनाइबारे जानकारी दिँदै नेता रघुजी पन्तले भने, ‘माधव कुमार नेपालले हाम्रो पार्टी आज म्म गठबन्धनमा रहेको अब नयाँ ढङ्गले पार्टीमा छलफल गरेर अगाडि बढ्ने र अब बन्ने सरकारलाई विश्वासको मत दिने नदिने सम्बन्धमा पार्टीले निर्णय गर्छ ।त्यही ढङ्गले हामी अगाडि बढ्नेछौ। हाम्रो पार्टी पनि परिवर्तित अबस्थामा रहेकोले हाम्रो गुटको अफ्ट्यारो पनि गठबन्धनले बुझ्ने छ।’

बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री बन्न लागेको देउवालाई जनताको आवाज सुनेर अगाडि बढ्न सुझाव दिँदै एकलौटी नचल्न सचेत गराएका थिए। उनले बैठकमा भनेका थिए, ‘अब शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने भएकोले जनताको आवाज नसुन्दै एकलैटी ढङ्गले नचल्नुहोस। एकलैटी, एक पक्ष ढङ्गले चल्नेको म सँधै विपक्षमा रहने छु। हाम्रो पार्टी एकताको पक्षमा रहेकोले यो विषयलाई पनि ध्यानमा राख्नु होला। लोकतन्त्र, गणतन्त्रको र संविधानको रक्षाका लागि हामी सँधै उभिरहने छौं।’

भर्खरै

सम्बन्धित खबर

Language »