सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हालसम्म नेपालमा कोरोना संक्रमित संख्या सात लाख नाघ्यो

हाल नेपालमा कोरोना संक्रमितको संख्या सात लाख नाघेको छ । पछिल्लो २४ घण्टामा (आरटी-पीसीआर र एन्टिजेन) ११,५८४ परीक्षण गर्दा २,३७० संक्रमित थपिएसँगै संक्रमितको संख्या सात लाख नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १ हजार ४५८ जना पुगेको छ ।

पीसीआर विधिबाट ३४ लाख २३ हजार १६४ नमुना परीक्षण गर्दा ६ लाख ५७ हजार १३९ र एन्टिजेन विधिबाट २ लाख ३८ हजार ६७२ नमुना परीक्षण गर्दा ४४ हजार ३१९ जना संक्रमण पुष्टि भएका छन् ।

सोमबारसम्म ६ लाख २१ हजार २७ जना कोरोना मुक्त भएका छन् भने कोरोनाका कारण ९ हजार ४०० जनाले ज्यान गुमाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »