सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

के एमाले एकता सम्भव छ ?

काठमाडौँ : सर्वोच्च अदालतको परमादेशका कारण सत्ताबाट बाहिरिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको सम्पूर्ण दोष वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् । सरकारी निवास बालुवाटार छाडेर बुधबार बालकोटस्थित आफ्नै निवास पुगेका ओलीले नेपाललाई गद्धार घोषणा गरे ।

बालकोटमा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको घातक राजनीतिक चरित्र रहेको टिप्पणी गरे । ‘हाम्रै पार्टीभित्र विभिन्न शक्तिहरूको घुसपैठ यस्तो भयो, पार्टीका कमजोर तत्त्व, बिकाउ मालहरू प्रतिक्रियावादीका पछिपछि लागेर आफ्नै सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई अगाडि लगाएर पुगे, कहिले अदालत पुगे,’ ओलीले भने, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरू ।’

ओलीले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने आफ्नै पार्टीका २६ सांसदलाई उनीहरू ‘बिकाउ माल’ भएको टिप्पणी गरेका थिए । त्यसपछि उनले यसको नेतृत्व माधवलेले गरेकाले उनलाई पार्टीमा कुनै ठाउँ नरहेको बताए । ओलीले भने, ‘तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमी स्वीकार्ने कुनै ठाउँ छैन । नेपाली जनताले माधव नेपालजस्ता राष्ट्रिय गद्दारलाई कुनै क्षमा गर्दैनन् ।’

ओलीको यस्तो भनाइ यतिबेला आएको छ, जतिबेला दोस्रो पुस्ताका नेताहरू सम्मिलित कार्यदलले दसबुँदे सहमतिको प्रस्ताव गरेर दुवै शीर्ष नेतालाई बुझाएको छ । मंगलबार मात्रै नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, ओली पक्षका संयोजक सुवास नेम्वाङ र सदस्य विष्णु पौडेलले कोटेश्वर पुगेर नेता नेपाललाई दसबुँदे सहमति बुझाएका थिए । अध्यक्ष ओलीलाई भने सोमबारै बुझाएका थिए । दोस्रो तहका नेताहरूले सहमतिको प्रयास जारी राख्दा अध्यक्ष ओलीबाट आएको अभिव्यक्ति एकताका लागि बाधक देखिएका छन् ।
ओलीले बालकोटमा माधव नेपाललाई आलोचना गरिरहेका बेला उनी आफ्नै निवासमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवस)ग छलफल गरिरहेका थिए । नेपालनिकट सांसद विरोध खतिवडाले देउवा र नेपालबीच सरकार र प्रतिनिधिसभा जोगाउने विषयमा छलफल भएको बताए ।
उनका अनुसार नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेछ तर नेपाल पक्षबाट कार्यदलमा रहेका सदस्यहरूले विश्वासको मत दिनेरनदिने विषयमा पार्टीमा हुने छलफलले निर्धारण गर्ने बताउँदै आएका छन् । आफ्नो समूहमा दुई थरी मतका कारण नेपाल अप्ठेरोमा परेका छन् ।

निरन्तरको प्रयासबाट अदालतको फैसला अघिल्लो दिन दसबुँदे सहमति गरेका कार्यदल सदस्यहरू ओली र नेपालको बढ्दो दूरीले अलमलमा परेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »