सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वभर ४० लाख ५६ हजार ९०१ भन्दा बढी कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसबाट सारा संसार आक्रान्त भएको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसको अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म ४० लाख ५६ हजार ९०१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । यसै गरी हालसम्म १८ करोड ८२ लाख ७८ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म ६ लाख ८ हजार १०४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि सबैभन्दा धेरै मृत्यु ब्राजिलमा भएको छ । ब्राजिलमा ५ लाख ३७ हजार ३९४ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत पनि हालसम्म ४ लाख ११ हजार ४०८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

मेक्सिकोमा पनि ज्यान जानेको संख्या धेरै रहेको छ । यहाँ हालसम्म २ लाख ३५ हजार २७७ जना संक्रमितको ज्यान गएको छ ।

यसै गरी पेरुमा १ लाख ९४ हजार ६०६, रसियामा १ लाख ४२ हजार ८७७, बेलायतमा १ लाख २८ हजार ७९७, इटालीमा १ लाख २७ हजार ८३१ र कोलम्बियामा १ लाख १४ हजार ३३७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »