सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काङ्ग्रेस पदाधिकारी बैठक स्थगित, पुनः भोलि हुने

काठमाडौं : आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताको कारण बैठक भोलि शुक्रवार बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक बस्ने स्थानको तय भइसकेको छैन। कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ। बुधवार सभापति देउवाले कांग्रेस क्रियाशिल सदस्यको नाम फाइलन गर्ने समय तोकिएको थियो। यद्यपि यो काम अझै पुरा भएको छैन।

कांग्रेस क्रियाशील सदस्यता छानबिन चलिरहँदा सानेपामा बाराका कांग्रेस नेताहरुल धर्नामा बसिरहेका छन्। पदाधिकारी बैठकमा महाधिवेशनबारे र सरकार सञ्चालनबारे छलफल हुने बताइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »