सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासकाे मत लिन सफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको हलबाट विश्वासको मत प्राप्त भएको छ ।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन्। आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६३ मत पाएका हुन्।

त्यस्तै देउवालाई ८४ जना सांसदले विश्वासको मत दिएनन्। यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ। कांग्रेस सांसद गगन थापाले पनि देउवाले १६३ मत पाएको बताएका छन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ तर २ निलम्बित छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।


देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगै माओवादी केन्द्र, जसपा र स्वतन्त्र सांसदले साथ दिने दिएको छ भने एमालेको नेपाल समूहका ११ जनाले मतदान गरेको थियो । यसैगरी नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन् । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोपमात्रै रहेको बताए । उनले भने ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’
प्रधानमन्त्री देउवाले विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएमा असन्ुष्टि जनाएका छन् । विश्वासको मतमाग्दा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले ओली संसद आएको भए आफुलाई खुशी लाग्ने बताए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा ओली सहभागी भएका थिएनन् । नेकपा एमालेको तर्फबाट पार्टी प्रवक्तासमेत रहेका सांसद प्रदीप ज्ञवालीले धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका तर्फबाट संसदीय दलको उपनेता सुवास नेम्वाङले धारणा राख्ने अनुमान गरेकामा उनलाई अप्ठेरो परेको हुन सक्ने बताए । संविधानमा भएको धारा ७६ (५) को व्यवस्थाबारे बोल्न अप्ठेरो लागेर नेम्वाङले धारणा नराखेको देउवाले टिप्पणी गरे ।

देउवाले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे । प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै देउवाले एक्लै जस नलिन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए ।

माधव पक्षका केही सांसदले विश्वासको मत दिएन

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार पक्षका ११ सांसदले मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । पार्टी एकताका लागि दबाब पुगोस् भनेर उक्त निर्णय लिइएको सांसद दिपक प्रकाश भट्टले जानकारी दिए ।

उनका अनुसार देउवालाई मत दिनेहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, रामकुमारी झाँक्री, कल्याण खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरुलगायत ११ छन् ।

देउवाका पक्षमा रहेका एमाले वरिष्ठ नेता झलनाथ खनाल बिरामी भएका कारण भारतमा उपचाररत छन् भने उपाध्यक्ष भीम रावलले आइतबार नै सांसद पदबाट राजीनामा दिएका छन् ।

यस्तै पार्टी एकताका लागि दबाब दिन भन्दै नेपाल पक्षकै १० जना सांसदले देउवालाई विश्वासको मत नदिने निर्णय लिएका छन् । जसमा योगेश भट्टराई, घनश्याम भुसाल, नारायण खतिवडा, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दिपक प्रकाश भट्ट, राजबहादुर बुढा, झपट रावललगायत छन् । प्रतिनिधिसभा बैठक जारी रहेकै बेला एमालेका केही सांसदहरु बाहिरएका छन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओली पक्षका १० जना सांसद तटस्थ बस्ने भएका छन् । सांसद दिपक प्रकाश भट्टले भने, ुविश्वासको मत पक्षमा मत दिने पनि हुनुहुन्छ नदिने हुनुहुन्छ । हामी २० जना तटस्थ बस्छौं । यो संख्या बढ्न पनि सक्छ ।ु

भर्खरै

सम्बन्धित खबर

Language »