सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा रक्तसंचार सेवा दिवस मनाइयो

प्रहलाद विश्वकर्मा

नेपालगंज , सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसंचार सेवा, भन्ने मुल नाराका साथ रक्तसंचार सेवा दिवस मंगलवार नेपालगंजमा मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा केन्द्र बाँकेद्वारा आयोजित कार्यक्रममा रक्तसंचार सम्बन्धी उपकरण हस्तान्तरण खुला रक्तदान र कोण सभाको आयोजना गरि दिवस मनाइएको हो ।

नेपालगंज उपमहानगरपालिका वडा नं. १३ ले मानवीय सेवा अन्र्तगत प्रादेशिक रक्तसंचार सेवा केन्द्रलाई वाटरवाथ, वि.पी.सेट, सेन्ट्रीफियुज र क्लोरीमिटर गरी ५० हजार बराबरको उपकरण का.बा. वडा अध्यक्ष सत्यनारायण यादवले नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनालाई हस्तान्तरण गर्नु भएको थियो ।

May be an image of 2 people, people standing and text that says 'नेपाल रेडक्र प्रादेशिक रक्तस सुलभ,गुणस्तरीय र मर्यादित सेवा पुप औ रक्तसंचार ने.ग.उ.म.न.पा वडा नं: ੧३ रक्तसंचार सेवा उपकरण हस्तान्तरण १२ श्रावण २०७ USE WATERBATH'

प्रादेशिक रक्तसंचार सेवा केन्द्र नेपालगंजबाट आ.बा. २०७७÷०७८ मा १० हजार ८ सय १६ सकंलन र १३ हजार ८३ पिन्ट रगत वितरण भएको कुरा रक्तसंचार सेवा केन्द्रका इन्र्चाज उपेन्द्र रेग्मीले जानकारी दिनु भएको छ । यसैगरी १८ सय ८ पिन्ट रक्ततत्व निर्माण (कम्पोनेट) र कोभिडबाट संक्रमित १ सय २९ जना विरामीलाई प्लाजामा उपलब्ध गराइएको थियो ।

May be an image of Rajkumar Verma, standing and sitting

नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा समिति बाँकेका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति शान्ति श्रेष्ठ, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, का.बा.वडा अध्यक्ष सत्यनारायण यादव, नेरेसो जिल्ला शाखा र उपशाखा कार्यसमितिका पदाधिकारी, सदस्य, कर्मचारी र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नरेसो बाँके शाखाकी जनसम्र्पक अधिकृत सरिता सिंहले गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »