सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरसफाई तथा स्वच्छता कार्यक्रमको युनेस्को बाँकेद्धारा अनुगमन


नेपालगन्ज, बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा सञ्चालनमा रहेको सरसफाई तथा स्वच्छता कार्यक्रमको अनुगमन गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको आकस्मिक प्रतिकार्य तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजनाको सो कार्यक्रम अन्तर्गत बर्दियाको बारबर्दिया र राजापुर नगरपालिकाका अति विपन्न कोभिड प्रभावित ६१५ परिवारलाई सरसफाई तथा स्वच्छता सामाग्री वितरण गर्नुका साथै जनेचतनामुलक कार्यहरु पनि सञ्चालन गरिएको छ ।

No description available.


उक्त कार्यक्रम अन्तर्गत हाल भैरहेको जनचेतनामुलक माईकिंग, होर्डिंग बोर्डहरुको अवस्था र हात धुने स्थानहरुको प्रयोगका बारेमा बाँके युनेस्को क्लबकाृे व्यवस्थापन टोलीले स्थलगत अनुगमन गरेर सो बारेमा जानकारी लिएको हो ।


क्लबका संरक्षक प्रवेज अली सिद्दिकीको नेतृत्वमा कार्यकारी निर्देशक रवि तुलाधर, सल्लाहकार सिराज खान र कार्यक्रम अधिकृत दयाराम चौधरी लगायतको सो टोलीले बारबर्दिया नगरपालिकाको विभिन्न ठाउँमा राखिएका होर्डिंग बोर्ड, जयनगरमा भैरहेको सचेतना माईकिंग तथा पाँच स्थानमा राखिएका हात धुने स्थानहरुको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

No description available.


अनुगमनका क्रममा चेतनामुलक माईकिंग निरन्तर भैरहेको, होर्डिंग बोर्डहरु सर्वसाधारणको ध्यानआकर्षण गर्ने स्थानहरुमा लगाईएको तथा हात धुने स्थानहरुको राम्रो सदुपयोग भैरहेको पाईएको क्लबका संरक्षक सिद्दिकीले बताउनुभयो ।

No description available.


यसअघि बारबर्दियामा ३१५ परिवारलाई सरसफाई तथा स्वच्छता सामाग्री वितरण गरिएको थियो । वितरण गरिएको सामाग्रीमा प्रत्येक परिवारलाई पाँच प्याकेट सर्जिकल मास्क, एक डिजिटल थर्मामिटर, २ बाल्टिन, ८ वटा नुहाउने साबुन, ४ वटा लुगा धुने साबुन, २ साबुदानी, १० प्याकेट सेनेटरी प्याड, ४ वटा पेन्टी, २ वटा सेम्पु, ५०० एमएलको १ बोतल सेनिटाइजर, २ प्याकेट सेनेटरी कपडा र १ किट व्याग लगायतका सामाग्री रहेका थिए ।

No description available.


सोही सामाग्री राजापुर नगरपालिकाका पनि ३ सय विपन्न परिवारलाई वितरण गरिएको जनाउँदै क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बर्दियाका पाँचवटा एमएफ रेडियोहरुबाट ४ वटा जनचेतनामुलक सन्देश बजिरहेको, नेपाली र थारु भाषामा पोस्टरहरु दुबै नगरपालिकामा घरघरमा पुरयाईएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »