सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

उपहारमा आएको एम्बुलेन्स कुहिएर गएपछि

बाग्लुङ्ग । भनिन्छ उपहार पाएको सामानलाई प्रयोग गर्न नमिल्ने अवस्थामा हुँदापनि सजाएर राख्नुपर्छ तर यहाँ भने यसको ठिक उल्टो भएको छ ।
बूटवलका दिपेन्द्र ढकालले आज भन्दा दुई वर्ष अगाडी कामको शिलशिलामा बाग्लुङ्ग जाँदा बाग्लुङ्ग बजारबाट गल्कोट जाने बाटोमा एउटा खोल्सामा सामान्य दुर्घटना भएको अवस्थामा देखिएको एम्बुलेन्स दुई वर्ष पछि पुन त्यहि ठाउँमा त्यो भन्दापनि गएगुज्रेको अवस्थामा देख्दा आफ्नो मनमा चसक्क बिझेको बताए
नेपाल रेडक्रस सोसाईटी बाग्लुङ्गको लागि एन आर एन ए जापानको पहलमा जपानको कुनै कम्पनिले हेटौडामा रहेको एउटा ट्रष्ट मार्फत उपहार स्वरुप प्राप्त भएको देखिने यो एम्बुलेन्स यसरी केही मर्मत संभार गरेर चलाउन सक्ने अवस्थामा हुँदा हूँदै पनि कुहाएर फाल्नुले उपहार पठाउने संस्थाप्रतिको घात भएको शान्ति नेपाल संस्थाका अध्यक्ष दिपेन्द्र ढकाल भनाई छ ।
यो एम्बुलेन्स यसरी सडेर जान लागेको बिषयमा सबैलाई जानकारी भएपनि सरोकार वाला निकायको लापर्वाहीले यस्तो भएको स्थानिय जानकार हरु बताउँछन्।
जुन संस्थाको नाममा उपहार प्राप्त भएको हो त्यसको संरक्षण गर्नेजिम्मा पनि त्यही संस्थााको हुने हुँदा कानुनी रुपमा अधिकार प्रत्यायोजन नहुँदा सम्म स्थानिय सरकार र स्थानिय प्रशासनले समेत केहि गर्न नसकेको त्यहाँका जानकार हरुले बताएका छन् ।
देशका बिभिन्न भागमा एम्बुलेन्स नपाएर समयमै अस्पताल पुग्न नसक्दा बिरामिको ज्यानजाने अवस्था आईरहँदा कसैले उपहार स्वरुप पठाएको एम्बुलेन्स कुहिएर जानूले वर्तमान राज्य सत्ताको निरीह चरीत्र उदांगो भएको सामाजिक अभियन्ताहरुको आरोप छ ।

भर्खरै

सम्बन्धित खबर

Language »