सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लाइन्स क्लब अफ नेपालगन्ज युनिटीको अध्यक्षमा विन्दु चर्तिमगर चयन

नेपालगन्ज, लाइन्स क्लब अफ नेपालगन्ज युनिटीको अध्यक्षमा व्यवसायी विन्दु चर्तिमगर चयन भएकी छिन् । गत सोमबार नेपालगन्जमा आयोजित कार्यक्रमबाट अध्यक्षमा चर्तिमगर सहित २० सदस्य समिति चयन भएका हुन् ।


कार्यक्रममा क्लबका पूर्व डिष्ट्रिक गभर्नर मधुसुधन शर्मा र सेम शाक्यले अध्यक्ष सहितका समिति पदाधिकारीलाई पदभार गराएका थिए ।
पदभार पश्चान नवनियुक्त अध्यक्ष चर्तिमगरले विशेषगरी मानव सेवामा आफू समर्पित हुने बताइन् । ‘अब मेरो कर्तब्य पूर्णरुपमा मानविय सेवामा समर्पित हुनु हो । विपद्मा परेका व्यक्ति, दैविक प्रकोपबाट प्रभावित, स्वास्थ्यलगायतका क्षेत्रमा म केन्द्रित हुने लक्ष्य रहेको छ,’ मगरले भनिन् ।
कल्बको समितिको प्रथम उपाध्यक्षका रुपमा रुपा ओझा(सानु) र द्वितीय उपाध्यक्षमा सिमिता राणा चयन भएकी छिन् । त्यस्तै सचिवमा गीता भण्डारी, कोषाध्यक्षमा डा.अंशु शर्मा र सदस्यहरुमा इन्दिरा वाग्ले, ज्यति थापाक्षेत्री, बसन्ती शर्मा पुनम सिग्देल, कान्ति शर्मा, सरिता गुरुङ, मिरा ददेल, निर्मला केसी, कोमल श्रेष्ठ, अस्मिता चौधरी, अन्जु खडका, रिता चौधरी चयन भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »