सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्मुडाको कीर्तिमान, ओलम्पिकमा स्वर्ण जित्ने विश्वको सबैभन्दा सानो देश

मंगलबार टोकियो ओलम्पिकमा बर्मुडाकी फ्लोरा डुफेले महिला ट्रायथलनकाे एकल स्पर्धामा स्वर्ण पदक जितिन् ।

डुफेको जितसँगै बर्मुडा ओलम्पिकमा स्वर्ण पदक जित्ने विश्वकै सबैभन्दा सानो देशको कीर्तिमान रच्न सफल भयो । विश्व बैंककाे सन् २०१९ काे तथ्यांक अनुसार बर्मुडाको जनसंख्या जम्मा ६३ हजार ९१८ रहेको छ ।

यसभन्दा पहिला बर्मुडाले सन् १९७६ को ओलम्पिकमा कास्य पदक जितेको थियो । त्यसपछि बर्मुडा स्वर्ण पदकको खोजीमा थियो ।

३३ वर्षीया डुफेले स्वर्ण जितेपछि भनिन्,‘मलाई लाग्छ कि पूरै बर्मुडा खुशी मनाइरहेको छ । यो कुरा मेरा लागि निकै नै महत्वपूर्ण छ किनभने यो मेरो सपना थियो । तर मलाई यो पनि थाहा थियो कि यो मभन्दा निकै महत्वपूर्ण थियो ।’

डुफेले १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन् । यो स्पर्धामा बेलायतकी जर्जिया टेलर ब्राउनले रजत र अमेरिकाकी केटी जाफरेसले कास्य पदक जिते ।

भर्खरै

सम्बन्धित खबर

Language »