सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

केपी ओली मधेस विरोधी : राजेन्द्र महतो

पूर्वमन्त्री राजेन्द्र महतोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेस विरोधी रहेको बताएका छन् । जसपा विभाजनपछि बिहीबार जनकपुरधाम आएका नेता महतोले अध्यक्ष ओली मधेस विरोधी रहेपनि उनी मधेसको पक्षमा आएपछि आफुले सहयोग गरेको बताएका हुन् ।

आफूहरुले गरेका कामलाई अब सरकारमा जान लागेका उपेन्द्र यादवले पूरा गरेर देखाइदिनुपर्ने उनले बताए । ‘हामीले शुरुवात गरेका कामहरु गर्नुपर्‍यो नि,’ महतोले भने, ‘संसद आयो । नागरिकता विधेयक संसदबाटै पारित होस्, संविधान संशोधन होस् र रेशम चौधरी सहितलाई रिहा गराइयोस् ।’

उनले उपेन्द्र यादवले १८ महिनामा गर्न नसकेको काम आफूहरुले १८ दिनमा गरेको दाबी गरेका छन् । नेता महतोले १८ दिनभित्रै नागरिकता अध्यादेश ल्याएको, १४० जना उपर रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए ।

यस्तै महतोले दुई पार्टीको एकतालाई केही व्यक्तिले टिक्न नदिएको आरोप लगाउँदै उनले भने, ‘हाम्रै मित्रले एक ठाउँमा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभयो । र, आयोगले दुई ठाउँमा बस्न भनिदियो । यसको मूल्यांकन जनताले गर्नेछन् ।’

अब नयाँ पार्टी खोल्ने कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा महतोले नयाँ पार्टी खोल्नै नपर्ने बताए । जसपा दुई पार्टी मिलेर बनेको थियो । दुईवटा पार्टी नै रहने उनले बताए । पार्टीको नाम जसपा, राजपा जे राख्दा पनि हुने उनले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »