सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भदौमा महाधिवेशन गर्ने देउवाको अडान

काठमाडौँ। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने अठोट पुनः दोहो-याउनुभएको छ । उहाँले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु,’ भनेर बैठकमा महाधिवेशन गराउने अडान व्यक्त गर्नुभएको हो ।

पछिल्लो समयमा काँग्रेसका शीर्ष नेताहरू विवाद समाधानका लागि अहोरात्र खटेका छन् । तल्लो तहका नेताहरूले आफ्नो जिम्मेवारी पूरा नगरी केन्द्रमा क्रियाशील सदस्यको विवरण पठाएका कारण महाधिवेशनको स्थानीय तहको कार्यतालिका नै प्रभावित भएको छ ।
नेताहरूका अनुसार क्रियाशील सदस्यताको ९८ प्रतिशतको काम सकिएको छ । यो विवाद समाधान गर्न लागि बूढानीलकण्ठमा शुक्रबार बसेको शीर्ष नेताहरू सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूबीच घनीभूत छलफल भएको छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद मिलाउन नेताहरू छलफलमा जुटेको जानकारी दिँदै छिट्टै निकास निस्कने जानकारी दिनुभयो । उहाँले क्रियाशील सदस्यता छानबिन समितिले धेरै काम पूरा गरेकाले अब बाँकी विषय नेताहरूले टुङ्गो लगाउने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »