सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ट्राफिक नियम उलंघन गरेका पारस शाह प्रहरीसँग अटेर गर्दै

काठमाडौँ- पूर्वयुवराज पारस शाह शुक्रबार साँझ हेल्मेट नलगाइकनै बाइक लिएर सडकमा निस्केपछि महाराजगञ्जमा ट्राफिक प्रहरीले उनलाई रोकेका छन्।

हेल्मेट नलगाई निस्केका शाहलाई ट्राफिक प्रहरीले रोकेपछि उनले उल्टै प्रहरीसँग झगडा गरेका थिए।

काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहका अनुसार ट्राफिक प्रहरीले केहीबेर रोकेपछि उनलाई छाडेको थियो।

प्रहरीका अनुसार पारससँग उनका छोरा हृदयेन्द्रसमेत थिए। उनीहरु निर्मल निवासबाट हेल्मेट नलगाई बाइक लगाएर निस्किएको प्रहरीले बताएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »