सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

१० बुँदे सहमति सहित पार्टी एकताका लागि माधव नेपाल पक्ष

काठमाडौं। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले दश बुँदे सहमतिका आधारमा पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यहरूको दुई दिनसम्म चलेको बैठकले पार्टी एकताका लागि सजगताका साथ अगाडि बढ्ने निर्णय गरेको हो। ‘२७ असारमा भएको दश बुँदेलगायतका सहमति कार्यान्वयन गर्दै एकताको आधार तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

नेता रघुजी पन्त भने ‘हामीले पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ।’ यसबारे थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएकोसमेत नेता पन्तले जानकारी दिनुभयो । आफूहरूले छिटो एकता होस् भन्ने चाहेको भए पनि अविश्वास लगायतका कारण सम्भव भइरहेको उनले बताए।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेकाले प्रयत्न जारी राखेको बताएका थिए। ‘हामीले पनि आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्छ। दक्षिणपन्थी विचारका विरुद्ध हामीले संघर्ष गर्दै आएका छौं । यसका लागि हामी एकताबद्ध भएर संघर्ष गर्नुपर्छ। केपी ओलीले मलाई जति नै गाली गर्न खोजे पनि अहिले पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु। एकताका लागि मेरो प्रयत्न जारी छु, नेपालको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य रघुजी पन्तले भने।

उनले पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला सदस्यता नवीकरणसहितका काम रोक्न अध्यक्ष केपी शर्मा ओली पक्षसँग आग्रह गरेका छन्। बैठकले यसबारे निर्णय लिएको पन्तले बताए। ‘एकता वार्ता चलिरहेका बेला नवीकरण, पार्टी विभाग पुनर्गठन जस्ता काम रोकिनुपर्छु, उनले भने, ‘अहिलेसम्म भएका दश बुँदेलगायत सहमतिले एकताको आधार बनाएका छन्। दश बुँदेलाई कार्यान्वन गर्दै जानुपर्छ। अहिले कुराकानी वार्ता भइरहेको छ। पार्र्टीलाई एकताबद्ध बनाउन सजगतासाथ अघि बढ्ने निर्णय हामीले गरेका छौं। बैठकले यसबारे निर्णय लिएको पन्तले बताए। ‘एकता वार्ता चलिरहेका बेला नवीकरण, पार्टी विभाग पुनर्गठनजस्ता काम रोकिनुपर्छु,’ उनले भने, ‘अहिलेसम्म भएका दश बुँदेलगायत सहमतिले एकताको आधार बनाएका छन् । दश बुँदेलाई कार्यान्वन गर्दै जानुपर्छ । अहिले कुराकानी र वार्ता भइरहेको छ । पार्टीलाई एकताबद्ध बनाउन सजगतासाथ अघि बढ्ने निर्णय हामीले गरेका छौं।’

दुई दिन लामो बैठक चार बुँदे निर्णय गर्दै सकिए पनि पन्तले बताएका छन्। उनले सर्वोेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापाना गरेकोमा बैठकले स्वागत गरेको बताउनुभयो, ‘बैठकमा वरिष्ठ नेता नेपालले सम्मानजनक पार्टी एकतामा जोड दिए। स्थायी कमिटीको बैठक र केन्द्रीय कमिटीमा पनि उहाँको धारणा त्यही थियो,’ उनले भने, ‘आफ्नो सम्बोधन नेपालले हामीले पनि आलोचना गर्दा संयमित हुनुपर्छ भने। दक्षिणपन्थी विचार त्यागौं । केपी ओलीले जति गाली गरेपनि म पार्टी मिलाउने पक्षमा छु भन्नु भएको छ। केपी ओलीले अल्मल्याउने कुरा नहोला भन्नेमा उहाँको विश्वास थियो। उहाँले एकताको प्रयत्न गरौं, हामीले एकतामै जोड दिनुपर्छ भन्ने कुरा राख्नु भयो।’

पन्तले अझै कार्यदलको सदस्यहरूले वार्ता गरिरहेको बताए। ‘कार्यदलले मात्रै होइन, वरिष्ठ नेताहरूले कुरा गरिरहनुभएको छ। एकताका लागि विभिन्न तह र चरणमा प्रयत्न भइरहेका छन्। त्योभन्दा मुख्य कुरा कार्यदलका दशजना साथीहरू लाग्नुभएको छ’, उनले अगाडि भने, ‘१० बुँदा मिल्यो, त्यसकै आधारमा एकता हुन्छ। दुवैतिर अविश्वास छ। एकले अर्कालाई आलोचना गर्ने काम भएको छ । एकअर्कालाई बुझ्नेमा समस्या छन् । एक महिनाभित्रै मिलाउने हाम्रो चाहना छ।’

नेकपा (एमाले) ले एकताको नाममा पार्टीका गतिविधि रोक्न नसकिने स्पष्ट पारेको छ। विधान संशोधनमा समेट्नुपर्ने विषयबारे छलफल गर्न अध्यक्ष ओलीले बोलाएको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको नियमित काम चल्ने र एकताका लागि कुनै गतिविधि नरोकिने स्पष्ट पारे। उनले पार्टी गतिविधि रोक्न आएका सुझाब पार्टीको हितविपरीत रहेको जिकिर गरे।

स्थानीय तहको चुनाव नजिक आइरहेको, पार्टी महाधिवेशन गर्नुपर्ने अवस्थामा पार्टीका काम रोक्न नसकिने उनको भनाइ छ। ज्ञवालीले सत्ता पक्ष आक्रामक रूपमा अघि बढेकाले प्रमुख प्रतिपक्षी आफ्ना काम रोकेर बस्न नसक्ने बताए। उनले विधान संशोधनमा समेट्नुपर्ने विषयमा स्थायी कमिटीका सदस्य, प्रदेशका नेताहरू, विधान संशोधन समिति र राजनीतिक प्रस्ताव तयार पार्न गठित समितिका सदस्यहरूसँग छलफल भएको बताए। विधान संशोधनको प्रस्ताव तयार भएपछि सबै तहमा अध्ययनका लागि पठाइने एमालेको तयारी छ । यसअघि एमालेकै माधव नेपाल पक्षले पार्टी एकताका लागि विधान महाधिवेशन गर्नेलगायत गतिविधि रोक्नुपर्ने बताएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »