सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काभ्रेको नमोबुद्ध नगरपालिका गहात्तेमा ३७ फीट अग्लो गुरु ह्रेम्पोचेको मुर्ति निर्माण अन्तिम चरणमा

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ९ गहात्तेमा ३७ फीट अग्लो गुरु ह्रेम्पोचेको मुर्तिमा बिहिवार स्थानीय लामा गुरु टुल्कु लामाले बुद्ध धर्म संस्कार अनुसार पुजापाठ गरी स्हुङ अर्थात (आत्म भरेको) हालेको छ ।

वडाध्यक्ष मेल बहादुर लामाको पहलमा निर्माण हुन लागेको यो गुरु ह्रेम्पोचेको मुर्ति करिब एक करोड बीस लाखको परियोजना रहेको छ ।

देश विदेशमा रहेका गाहत्तेका युवाहरु लगाएत नेपाली दाजुभाइहरुले चन्दस्वरुप दान गरेको रकम हालसम्म १५ लाख भन्दा धेरै जम्मा भइसकेको वडाध्यक्ष मेल बहादुर लामाले संवादको क्रममा जानकारी दिनु भएको छ भने आर्थिक वर्ष २०७७र०७८ मा २४ लाख, यसैगरी आर्थिक वर्ष २०७८र०७९ मा १५ लाख गरी ३९ लाख नगरको बजेट रहेको छ । प्रदेश र संघको गरी ५० लाख बजेट रहेको छ । बाँकी पुनः चन्द संकलनको साथै अन्य संघ सस्था र नगरसंग समन्वय गरि निर्माण सम्पन्न गराउने योजान रहेको वडाध्यक्ष लामाले बताउनु भयो ।

स्हुङ हाल्ने दिनमा मात्र दान गर्ने हरुको लाईन लागेको थियो । दान गर्ने हरुमा साहिलिमाया रबिर्ध्वोज लामा ६६,५००, मारसिङ मोक्तानर दामोरानी ५१,५००, मान बहादुर मोक्तान २५,०००, बखथ लामा २०,००० , लाल बहादुर घिसिङ २०,०००, सुमन लामारबाबुरामरनिरमाया ५५५००, रोशी गाउँ पालिका वडा नं. १ का ठुली माया घिसिङ १५,५००. रत्न ब।घिसिङ १०,०००. पातली लामा गहाते को २०,०००, गरी तीन लाख तिर्सठ्ठी हजार रकम जम्मा भएको थियो ।

यसरी दान गरेको रकम वडाध्यक्ष मेल बहादुर लामाले संकलन गरी उपभोक्त समितिका कोषाध्यक्ष श्रीदास लामालाई हस्तान्तरण गरेको छ । स्मरण रहोस् कोषाध्यक्ष श्रीदास लामा वडाध्यक्ष मेल बहादुर लामासँग स्थानीय निर्वाचनमा प्रतिस्पर्दी गर्ने उमेरद्धार हुन् ।

ऐतिहासिक डाप्चा बजार, धार्मिकरुपमा महत्त्वपूर्ण नमोबुद्ध रहेको यो नमोबुद्ध नगरपालिका वडा नं. ९ मा गुरु ह्रेम्पोचेको मुर्ति निर्माण पछि गहात्तेका स्थानीयहरु खुशी देखिन्छन् ।

हाल गुरु ह्रेम्पोचेको मुर्ति निर्माण स्थल हुँदै गत वर्ष विभिन्न सामाजिक सन्जालमा भाइरल भएको तीन धारा झरना जाने बाटो पर्दछन् । तसर्थ आन्तरिक वा वाहय पर्यटनको आकर्षण हुनेमा वडाध्यक्ष लामा विश्वस्त छन् ।

भिडियो हेर्न नभुल्नु होला

भर्खरै

सम्बन्धित खबर

Language »