सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नमोबुद्ध नगरपालिकामा निर्मित दुईवटा प्रवेशद्वारको मेयर टि.पी. शर्माद्धारा उद्घाटन

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. १ मा नेपाल सरकार , संस्कृति , पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार विकास कार्यक्रम र नमोबुद्ध नगरपालिका संयुक्त लगानीमा निर्माणा समपन्न प्रवेशद्वार नगरप्रमुख टंक प्रसाद शर्माबाट साउन ३१ गते आइतवार समुदघाटन सम्पन्न भएको छ ।

काभ्रे जिल्लाको महत्त्वपूर्ण धार्मिक स्थलहरुमा नमोबुद्ध एक प्रसिद्ध प्रयटकीय धार्मिक स्थल हो ।

वडा नं. ११ पर्यटकीय दृस्ठिकोण महत्त्वपूर्ण वडा रहेको हुनाले अब पनौती नगरपालिकाको सङ्खुबाट प्रवेश गर्ने प्रवेशद्वार निर्माण गर्ने वडाध्यक्ष ले घोषणा गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख टंक प्रसाद शर्माले वडा नं. १ को प्रवेशद्वार मात्र नभएर नमोबुद्ध नगरपालिका प्रवेश गर्ने महत्त्वपूर्ण प्रेवेशद्धार भएको हुनाले यो प्रवेशद्वारको महत्त्व छुट्टै रहेको सम्बोधनको क्रममा बताउनु भएको छ ।

नगरप्रमुख शर्माले जनप्रतिनिधि सँग विकासको बारेमा सोध्नु भन्दा पनि जनतासँग नै प्रत्येक्ष सोधेमा नमोबुद्ध नगरपालिकाको वास्तविक विकासको बारेमा जानकारी पाउने बताउनु भयो ।

प्रशासकीय अधिकृत राजन पौडेलले नगरमा कोशेलीघर निर्माण गर्ने जानकारी दिनुभएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं। ज्ञ को वडाध्यक्ष कर्म ग्याल्बो लामाले भ्रष्टाचारको आरोप नलागीकन कार्यकाल सकिन लागेको हुनाले अन्तिम समयमा कोही कसैले दाग लाग्ने काम नगर्न अनुरोध पनि गर्नुभयो ।

नगरपालिकामा ११ वटा वडा कार्यालयमध्ये ८ वटा वडा कार्यालय भवन निर्माण सकिएको र बाँकी तीनवटा पनि निर्माणका लागि टेण्डर आह्वान भइसकेको बताउँदै तिमल्सिनाले भौतिक पूर्वाधारको विकासलाई नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।

धार्मिकस्थल नमोबुद्ध परिसर व्यवस्थित बनाउन, सडक लगायतका अन्य पूर्वाधारको विकास गर्न नगरपालिकाले विशेषरुपमा योजना बनाएर कार्यान्वयन गरेको उनले बताए । कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाको पहलमा निर्माण भएका पूर्वाधारको सबै पक्ष मिलेर संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताइन् ।

उनले नमोबुद्ध क्षेत्र प्रवेश गर्ने सडकको स्थरोन्नति गर्नुका साथै काभ्रे भन्ज्याङमा प्रवेशद्वार निर्माणका लागि पहल गरिरहेको जानकारी दिइन् । नमोबुद्ध क्षेत्रमा पर्यटकहरुको बसाई लम्ब्याउन होमस्टे लगायतका कार्यक्रमहरु पनि अगाडि बढाउनुपर्नेमा तामाङले जोड दिइन् । यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नमोबुद्ध मन्दिर नजिकै कोसेली घर निर्माणको कार्य केही समयमै सुरु हुने बताए ।

संस्कृति प्रवद्र्धन, नमोबुद्ध नगरभित्रका ऐतिहासिक क्षेत्रको संरक्षण र सम्वद्र्धन तथा पर्यटन प्रवद्र्धनमा नगरपालिकाले जोड दिइरहेको उनले बताए । नमोबुद्ध क्षेत्रमा निर्माण गरिएका प्रवेशद्वारले पर्यटन आकर्षणमा थप टेवा पुग्ने उनले बताए ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष कर्मग्याल्बो लामा, वडा नं. ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, नमोबुद्ध नगर प्रवेशद्वार निर्माण उपभोक्ता समितिका अध्यक्ष कामीसिं तामाङ लगायतले नमोबुद्ध क्षेत्रको धार्मिक एवं ऐतिहासिक महत्वका बारेमा प्रकाश पार्दै प्रवेशद्वार निर्माणले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने बताएका थिए

भर्खरै

सम्बन्धित खबर

Language »