सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एम सि सि खारेजि राष्ट्रीय अभियानका संयोजक पक्राउ


काठमाडौं । अमेरिकन राजदुताबास घेराउ गर्ने भन्दै महाराजागन्ज पुगेका एम सि सि खारेजि राष्ट्रीय अभियानका सदस्य हरुलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ ।


बिगत केहि दिन देखि यो अभियानले एम सि सि खारेजिको माग राख्दै बिभिन्न कार्यक्रम हरु गर्दै आई रहेको छ ।


प्रदर्शनि मार्गबाट शुरु भएको यो अभियानले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन मार्फत सरकारलाई अल्टिमेटम दिदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तथा एपि वान टेलिभिजन घेराउ गर्ने कार्य गर्दै आज अमेरिकन राजदुताबास घेराउगर्न पुगेका हुन् ।


अमेरिकन राजदुताबास घेराउ गर्ने भन्दै महाराजागन्ज पुगेका एम सि सि खारेजि राष्ट्रीय अभियानका संयोजक निर्ग नबिन लगाएत जनक ढुङ्गाना,सम्राट थापा,कुलदिप शर्मा, सुरज तामाङ, टेकम बिसि, मोहमद नसिर, दुर्गा जोसि, केदार थामी, सुशील नेपाली, लगाएत लाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत महाराजागन्ज मा राखिएको अभियानका संरक्षक हेम बहादूर खड्का राज ले जानकारी गराएका छन् ।


पक्राउ परेका सबैलाई निशर्त तुरुन्त रिहाई नगरीए अझ श– शक्त आन्दोलन को तयारी भई रहेको पनि अभियानका संरक्षक राज ले जानकारी गराएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »